१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सीको भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्नुस्ः सञ्चारमन्त्री

फाइल फाेटाे

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेको उल्लेख गर्दै त्यसलाई तत्काल हुने लाभहानीको रुपमा नहेर्न आग्रह गरेका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले दुई मुलुकको बीचको सम्बन्धलाई सगरमाथाको उचाईमा पु¥याएको पनि बताए। त्यसबाट सिंगो नेपाल र नेपाली जनता अत्यन्तै खुसी भएको मन्त्री बास्कोटाको भनाई छ। मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति र चीनको उचाईबाट भएको यो भ्रमणले नेपालको अन्तराष्ट्रिय स्तरमा ईज्जत, मान र प्रतिष्ठा पनि बढाएको उल्लेख गरे। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको न्यायो र हार्दिक सम्बन्धलाई सगरमाथा झैं उचाई र सागरझैं गहि¥याईमा पु¥याएको छ,’ मन्त्री बास्कोटाले भने ‘यसलाई आजको भोली के भयो? भन्ने कोणबाट विश्लेषण गर्न हुन्न।’

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणलाई नेपालको भलो चिताउने सो कसैले पनि हार्दिकताका साथ स्वागत गरेको पनि बताए।

प्रकाशित: २८ आश्विन २०७६ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App