१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धारिलो हतियारले आफ्नै घाँटी रेटेपछि...

धादिङबेसी– धादिङमा धारिलो हतियारले आफ्नै घाँटी रेट्दा मृत्यु भएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका–२ हात्तिसुडे बस्ने ५० वर्षीय गोपालबहादुर व्याजबासी मगरले तरकारी काट्ने चक्कुले रेट्दा मृत्यु भएको हो।

मंगलबार बिहान चक्कुले घाँटी रेटीएको अवस्थामा गाउँलेले भेटेका थिए। मुखबाट खाएको खाना तथा पानी घाँटीबाटै निस्कीएको स्थानीयले बताएका छन्। घाँटीमा गहिरो चोट लागेका उनकोे उपचारका लागि जिल्ला सदरमुकाम ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको पनि उनले बताए।

गोपालको आमा र श्रीमती केही दिनदेखि गम्भीर बिरामी छन्। आमा र श्रीमती बिरामी परेपछि केही महिनादेखि नै उनी तनावमा रहेको छिमेकीहरुले बताएका छन्।

प्रकाशित: २८ आश्विन २०७६ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App