१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रोफेसर चेन भन्छन् : सीको भ्रमण रुप र सार दुबै कोणबाट महत्वपूर्ण (भिडियो)

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरे। दुई दिने यो भ्रमणलाई नेपाल–चीन सम्बन्धमा ऐतिहासिक क्षणका रुपमा लिइएको छ। भ्रमणको क्रममा सी ले ट्रान्स हिमालयन बहु–आयामिक कनेक्टिभिटी नेटवर्कको विकास गरी नेपाललाई ‘भूपरिवेष्ठित’ बाट भूजडीत देशमा रूपान्तरण गर्न सहयोग पुर्‍याउने आश्वासन समेत दिए।
अझ महत्वपूर्ण पक्ष, दुबै देशले नेपाल–चीन सहयोगलाई रणनितीक साझेदारीमा स्तरोन्नती गरेका छन्। यस सन्दर्भमा नागरिकन्यूजका सन्तोष घिमिरेले चीनको रेन्मिन विश्वविद्यालयका प्रोफेसर चेन सियाओचेनसँग नेपाल–चीन सम्बन्ध र हालै सम्पन्न राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको बारेमा कुराकानी गरेका छन्।

कुराकानीमा चेनले दुई देशबीच भएका समझदारीहरु कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। यो भ्रमण रुप र सार दुवै हिसावमा महत्वपूर्ण रहेको समेत बताए। चीन र भारतले मिलेर दक्षिण एसियामा काम गर्न सक्ने उनको भनाई छ। उनी सँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् :

 

प्रकाशित: २८ आश्विन २०७६ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App