१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समिति बैठक सम्पन्न, संगठन निर्माणमा जोड

कैलाली - नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश समितिको विस्तारित बैठक सकिएको छ। कैलालीको लम्कीमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ।

बैठकले संगठन निर्माणमा जोड दिदैं विभिन्न स्थानमा भेला र सम्मेलन गर्ने निर्णय गरेको छ। त्यस्तै चाडपर्वको समयमा शहीद परिवारसँग भेटघाट र छलफल  गर्ने, सामाजिक व्यवस्था रूपान्तरणको पक्षमा संघर्षको तयारी गर्ने लगायतको योजनाअघि सारेको केन्द्रीय सदस्य ज्ञानु बमले जानकारी दिए।

बमकाअनुसार लोकेश देवकोटा र टीकाराम जोशीलाई प्रदेश कमिटीमा थप गर्ने समेत निर्णय गरेको छ। लम्कीमा सम्पन्न बैठकमा माओवादी केन्द्रका सुदूरपश्चिमसंयोजक लोकेशको अध्यक्षता र पार्टी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज रंगनाथ ढकालको प्रमुख आतिथ्यता रहेको थियो।

तत्कालिन माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गरेपछि असन्तुष्ट देखिएका गोपाल किरातीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए। हाल उक्त पार्टिले देशभर संगठन निर्माणकबो काम गरिरहेको छ।

प्रकाशित: २८ आश्विन २०७६ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App