यस्ता पुरुषले गर्छन् यौन हिंसा

मङ्गलबार, २८ असोज २०७६, ०८ : ३२ नागरिक

डा. विमला शर्मा
न लक्ष्मी कुलक्रमानुसार चल्छिन्, न आभूषणमा स्वामीको नाम उल्लेख हुन्छ। खड्गको बलमा जो विजयी हुन्छ, उसले नै धर्तीको भोग गर्छ।

प्रस्तुत पंक्ति श्रीकृष्णले अर्जुनलाई ‘गीता’मा दिएको एउटा उपदेश हो। हुन त यसका अनेक अर्थ लाग्न सक्छन्, तर म यहाँ दोस्रो पंक्ति लिन चाहन्छु। जसमा कृष्णले अर्जुनलाई उपदेश दिएका छन् कि वीरले मात्र धर्तीको भोग गर्न पाउँछ। धर्ती र नारीलाई धर्मग्रन्थमा समान वा पर्यायका रूपमा चित्रण गरिएको छ।

धर्ती भोग गर्ने वीरले भएपछि नारी भोग गर्ने पनि वीर नै हुने भो। आजका वीर विशेषतः पद र पैसा भएका व्यक्ति हुन्। जो नारीको शरीरमा आफ्नो वीरताको झन्डा गाडेर आफू वीर भएको पुष्टि गर्न चाहन्छ।

नारीलाई पुरुषको अहं, मानसम्मान र स्वामित्वसँग जोडियो। जसले गर्दा महिलाले हिंसा भोग्नुप¥यो। यसको राम्रो उदाहरण द्रौपदी हुन्। नारीलाई अस्त्रका रूपमा पनि प्रयोग गरियो। चाहे तपस्या भंग गर्न होस् वा प्राण हरण गर्न। उर्वशी र शिखण्डी यसका ज्वलन्त उदाहरण हुन्।

मानव व्यवहारका अध्ययनकर्ताहरूका अनुसार समानस्तरका भन्दा शक्तिशाली पुरुषले बढी महिलालाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्छन्।

हाम्रो संविधानमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएसँगै सबै क्षेत्रमा महिलाको उपस्थिति ह्वात्तै बढेको छ। युएन वुमनले सार्वजनिक गरेको २०१८ को रिपोर्टअनुसार विश्वमा ५.९५ प्रतिशत महिला राष्ट्रप्रमुख, ५.२५ प्रतिशत सरकारप्रमुख, २३.६५ प्रतिशत संसद् सदस्य र १८.३५ प्रतिशत महिला मन्त्री छन्। हाम्रो देशमा पनि ३२.७५ प्रतिशत महिला प्रतिनिधिसभा  सदस्य र ३७.३५ प्रतिशत राष्ट्रियसभा सदस्य छन्। यसले के स्पष्ट पार्छ भने महिला पनि अब पितृसत्तात्मक सोचले निर्दिष्ट गरेका लैंगिक पेसाका पर्खाल भत्काएर सबै क्षेत्रमा पसिसकेका छन्। शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक स्तरोन्नतिसँगै विज्ञान–प्रविधिको उचतम प्रयोगले हाम्रो जिवनशैली रूपान्तरण भएको छ।

संवैधानिक व्यवस्थाबमोजिमको नारी उपस्थितिले शक्तिको सीमित सुनिश्चितता मात्र गर्छ। आज पनि धेरैजसो उच्च पदमा पुरुषकै वर्चस्व छ। शक्ति प्राप्तिसँगै त्यसको सदुपयोग र दुरुपयोग हुन्छ। तर मानवीय अवगुण भनौं, शक्तिले उन्मादलाई जन्म दिन्छ, जसले शक्ति दुरुपयोगकै लागि उक्साउँछ।

द्रुत गतिमा भएको परिवर्तन र पूर्वी–पश्चिमी संस्कृति ‘फ्युजन’को चेपुवामा हामी परेका छौं। हामी न यथास्थितिमा बस्न सक्छांै न पूर्ण रूपमा बदलिन नै। हामी संक्रमणमा छौं, जसले अन्योल सिर्जना गर्छ। विभिन्न किसिमका उपहार, पद, जागिर, नाम, दाम आदिको प्रलोभन देखाएर महिलालाई शोषण र दमन गरी राख्ने त पुरुषको अधिकारै जस्तो भएको छ। महिला हिंसाको कारक तŒव यौन लिप्सा हो वा नियन्त्रण, प्रभुत्व अथवा स्वामित्वको चाहना हो ? मानव व्यवहारका अध्ययनकर्ताहरूका अनुसार समानस्तरका भन्दा शक्तिशाली पुरुषले बढी महिलालाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्छन्। जुन व्यवहार धेरैजसो पुरुषले यौन चाहनाका लागि भन्दा महिलामाथि हावी हुन वा आधिपत्य जमाउन गर्छन्।

पुरुष व्यवहारका बारेमा कुरा गर्दा प्रायः हार्माेनको पनि दोष देखाउने गरिन्छ, जुन हार्माेन हो– टेस्टोस्टेरोन। जसको मात्रा बढी भएमा पुरुषको व्यवहारमा अराजकता आउँछ। यसै विषयमा डा. लियोन एफ सेल्टजर ‘साइकोलोजी टुडे’मा प्रकाशित आफ्नो लेख ‘द टेस्टोस्टेरोन कर्स’ मा लेख्छन्– पुरुषमा टेस्टोस्टेरोनको मात्रा बढी भएमा पुरुष आवेगयुक्त, अधैर्य र अविश्वासी हुन जान्छ।

शक्तिशाली पुरुष जहिले पनि सुन्दर र आकर्षक महिलाको खोजीमा हुन्छ र आफूले चाहेको महिलाको स्वकारोक्ति नै उसले आफ्नो शक्तिको प्रमाण ठान्छ। तसर्थ उ त्यसका लागि जे गर्न पनि तयार हुन्छ।

यस अर्थमा यसो भन्नु अतिशयोक्ति नहोला कि शक्तिशाली पुरुष एक यौनिक र कामुक हुन्छन्। जब उनीहरूमा यौन आकांक्षा हुन्छ, तब उनीहरू महिलाबाट यौन अपेक्षा मात्र गर्दैनन्, यस्तो ठान्छन् कि सबै महिलाले आफूलाई यौन सेवा उपलब्ध गराउँछन्। यस्ता पुरुष अवसरवादी हुन्छन् र साम, दाम, दण्ड, भेद जुनसुकै उपायबाट आफ्नो अभीष्ट पूरा गर्छन्। त्यस्ता पुरुषलाई त्यतिबेला झट्का लाग्छ जतिबेला उनीहरूले ‘अस्वीकार’ सामना गर्नुपर्छ। ‘टाइम’ पत्रिकाले २७ मार्च २०१८ मा ‘अपडेटेड’ सूची निकाल्यो, जसमा १४४ जानाविरुद्ध यौन उत्पीडनको आरोप लागेको उल्लेख छ। उक्त सूचीमा विश्वविख्यात खेलाडीदेखि पूर्व राष्ट्रप्रमुखसम्मका पुरुष परेका छन्।

महिला हिंसाका घटनामा पीडक धेरैजसो पीडितको नजिकैका नातेदार तथा शैक्षिक, कानुनी, राजनीतिक, सामाजिक, आर्थिक हैसियत उच्च भएका व्यक्ति हुने हुनाले उजुरी दर्ता हुन गाह्रो हुने गरेको छ। अर्काे कुरा, पीडितको कमजोर शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक, शारीरिक, मानसिक अवस्थाले पनि उजुरी दर्ता हुनमा समस्या हुने गर्छ। साथै महिला हिंसा केलाई भन्ने, त्यसको प्रमाण पेस गर्नुपर्ने र कति हदसम्मको हिंसामा उजुरी हाल्ने भन्ने अन्योलता पनि छ। पीडित महिलालाई उजुरी दर्ता गराउन महिलाले पनि सघाउँदैनन्। किनभने उनीहरूको शरीर त महिलाको हुन्छ तर सोच पुरुषको हुन्छ।

पितृसत्तात्मक धार्मिक, सामाजिक, सांस्कृतिक मान्यताहरूले पनि उजुरी दर्तामा बाधा उत्पन्न गराउँछन्। महिला हिंसाका धेरै प्रकार, तह र सीमा छन् र यो महिलापिच्छे फरक हुन सक्ने हुनाले महिला आफंैले किटान गर्न सक्दैनन् कि कुन तहसम्मको अशिष्ट व्यवहारलाई हिंसा मान्ने ? हाम्रो सामाजिक मानसिकताले पीडितले उजुरी गरिहाले पनि महिलालाई नै दोषी ठहर गर्छ र उसलाई उत्ताउली, नक्कली, छोटो लुगा लगाएकी भन्दै लाञ्छना लगाउँछ। महिलाले घर आएर आफूलाई भएको कुनै किसिमको हिंसा भनिन् भने उनको आफ्नै बानी–व्यवहारमा प्रश्न उठाइन्छ। महिलाको अस्तित्व उसको लक्ष्य वा सफलताभन्दा पनि इज्जतसँग जोडिएको हँुदा उनीहरू मुख खोल्न डराउँछन्।






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad