१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कारोबार सुरु भएको ४० मिनेटमा नै सर्किट ब्रेक

काठमाडौं- नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ। कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो। 

नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो। आइतबार दुईपटक ब्रेक लागेको नेप्से परिसूचक आज पनि कारोबार सुरु हुने बित्तिकै ब्रेक लागेको हो। सबै समूह घटेपछि कारोबार बन्द गर्नुपरेको हो।

एक हजार ४६८ बिन्दुमा रहेको परिसूचक घटेर एक हजार ४१६ बिन्दुमा पुगेको छ। रासस 

प्रकाशित: १३ मंसिर २०७३ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App