१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कारका लागि बढ्यो अपहरणकाे घटना

युवती अपहरणमा संलग्न आरोपितलाई पक्राउ पछि सार्वजनिक गर्दै प्रहरी। तस्बिर ः मिथिलेश यादव/नागरिक

लहान - २०७५ पुस ३० गते कर्जन्हा नगरपालिका १० की एक युवतीलाई दुईजना पुरुषले अपहरण गरे। अपहरणपछि ती युवतीमापिुरुषले सामूहिक बलात्कार गरे।

पीडितले आफूउपर अपहरण तथा शरीर बन्धक राखी जबरजस्ती करणी भएको भन्दै २०७५ माघ १ गते कर्जन्हा–१० का ३० वर्षीय असरफ शेखसहित दुईजनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिन्।

२०७५ भदौ ३० गते मिर्चैया नगरपालिका–४ मा एक ४५ वर्षीया महिला अपहरणपछि सामूहिक बलात्कारको सिकार भइन्। पीडितले असोज ४ गते अपहरण तथा शरीर बन्धक राखी जबरजस्ती करणी गरेको भन्दै सोही ठाउँका २० वर्षीय प्रदीप मुखिया र विजय मुखियामाथि किटानी जाहेरी दर्ता गराइन्।

२०७५ असोज ७ गते गोलबजार धनगढीमाई नगरपालिका–७ मा एक युवती अपहरणपछि बलात्कारको सिकार भइन्। पीडित युवतीले कातिक ४ गते सप्तरी सुरुंगा नगरपालिका–१० घर भई लहान नगरपालिका–६ मा डेरागरी बस्ने २४ वर्षीय श्रीदेव मुखियालाई प्रतिवादी बनाएर अपहरणसहित शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दर्ता गराइन्।

सिरहा प्रहरीको अभिलेखमा रहेका यी घटनाले मधेसमा पछिल्लो समय अपहरणको उद्देश्य फेरिँदै गएको पुष्टि गर्छ। सशस्त्र द्वन्द्व शान्ति वार्तामार्फत शान्त भइसके पनि तराई–मधेस शान्त भएन। सप्तरीको त्रिकोल निवासी जयकृष्ण गोइत लामो समय नेपालको कम्युनिस्ट आन्दोलनमा कठोर संघर्षपछि उनी त्यहाँ टिक्न सकेनन्। अन्ततः उनी माओवादीबाट विद्रोह गरेर २०६१ साल साउन १० जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरी केन्द्रीय संयोजक बने। मधेस र मधेसीको मुक्तिका लागि भन्दै उनको संगठनले तराई–मधेसमा सशस्त्र संघर्षको शंखनाद गरे। त्यसपछि जनतान्त्रिक नामबाट दर्जनौं भूमिगत समूह बाहिर आए।

जनतान्त्रिकको नामबाट अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यति बढ्यो कि मधेसका गाउँघरबाट मधेसी नै पलायन हुन थाले। मधेस मुक्तिका लागि भनिएको त्यो सशस्त्र संघर्षलाई कमाइको माध्यम बनाइयो। जसले सशस्त्र समूहप्रति मधेसमा घृणा बढ्दै गयो। मधेस मामिलामा विद्यावारिधि प्राध्यापक विजयप्रसाद मिश्र भन्छन्, ‘मधेस मुक्तिको नाममा चलेको सशस्त्र संघर्षले मधेसीले नै बढी सास्ती खेप्न बाध्य भए।’

२०६७ पछि राज्यबाट चलाइएको इन्काउन्टर अभियान र धरपकडले सशस्त्र गतिविधि क्रमिक रूपमा सेलाउँदै गएको मिश्रको भनाइ छ। त्यसपछि कतिपय सशस्त्र समूह प्रशासनसमक्ष आत्मसमर्पण नै गरे। अधिकतर सरकारी वार्ता टोलीसँग वार्तामार्फत शान्ति प्रक्रियामा सहभागी बने। जसमध्ये धेरैले आफूलाई मधेस केन्द्रित दलमा विलय गरे। मधेसमा फिरौतीकै लागि हुने व्यक्ति अपहरणका घटना करिब–करिब बन्द भए।

तर पछिल्लो समय भने बलात्कार (जबरजस्ती करणी) का लागि महिलाको अपहरण हुने क्रम बढेको छ। जिल्ला प्रहरी कार्यालय सिरहामा २०७२ देखि २०७५ सम्म दर्ता भएका ३० वटा अपहरण तथा शरीर–बन्धक मुद्दामध्ये सातवटा अपहरण तथा शरीर बन्धक गरी जबरजस्ती करणी (बलात्कार) को मुद्दा दर्ता रहेको अभिलेख छ।

बुधबार राति दसैं मेला (दुर्गा पूजा) हेरेर फर्कंदै गरेकी एक युवतीलाई पाँचजना युवाहरूको समूहले अपहरण ग¥यो। पूर्व–पश्चिम राजमार्गअन्र्तगत धनगढीमाई नगरपालिका–९ मुसहर्नियाबाट अपहरण गरिएकी ती युवतीलाई सीमावर्ती क्षेत्रको एकान्तमा लगेर सामूहिक बलात्कार गरी हत्या गर्ने योजना थियो। तर युवतीलाई अपहरण गरी राखिएको भारतीय नम्बर प्लेट बिआर३२पिए ४२६२ नम्बरको जिप सिरहा नगरपालिका–९ गुलरिया चोकबाट पश्चिम सारश्वर जाने बाटोमा फँसेपछि युवतीको अस्मितासँगै ज्यान जोगियो।

युवतीलाई अपहरण गरी भारतीय नम्बर प्लेटको स्कार्पियो जिपमा लगिरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय सिरहाबाट पुगेको प्रहरीले ती युवतीलाई उद्धार ग¥यो। अपहरणमा संलग्नमध्ये सिरहा नगरपालिका–९ का २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ परे। प्रहरीले अपहरणमा प्रयोग भएको स्कार्पियो जिपबाट आठ राउन्ड गोली र तीन सय पिस नाइट्राभेट नामक लागुऔषधसमेत बरामद गरेको छ। नशामा मातिएका युवाहरूले आफूलाई बलात्कारपछि हत्या गर्ने चर्चा जिपभित्र गरेको भनी पीडित युवतीले प्रहरीमा बयान दिएकी छिन्।

घटनामा संलग्नहरूमाथि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। ‘प्रहरीले सचेत र सक्रियताका साथ कारबाही नगरेको भए युवतीलाई जोगाउन मुस्किल थियो,’ उनले भने।

प्रकाशित: २८ आश्विन २०७६ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App