१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कोकोलाई पहिलो डब्लुटिए उपाधि

लिन्ज – युवा स्टार कोको गउफले डब्लुटिएको पहिलो उपाधि जितेपछि रोजर फेडेररले उनीप्रति दिएको ज्ञानी प्रतिक्रियाको स्वागत गरेकी छन्।

आइतबारको फाइनलमा जेलेना ओस्तापेन्कोलाई हराउँदै १५ वर्षीया गउफ सन् २००४ पछि डब्लुटिएको उपाधि जित्ने सबैभन्दा कान्छी खेलाडी भएकी थिइन्। त्यससँगै फेडेररले गउफको तारिफ गरेका थिए। गउफले सन् २०१७ को रोलान्ड ग्यारोसको उपाधि विजेता ओस्तापेन्कोलाई ६–३, १–६ र ६–२ ले हराएकी थिइन्।

गउफले सन् २०१८ को अस्ट्रेलियन ओपनको जुनियर विधामा पहिलो राउन्डबाटै आफू बाहिरिएपछि फेडेररले नै मार्ग दर्शन गरेको बताएकी छन्। फेडेररको सहयोगपश्चात् आफूले विम्बल्डनको प्रि–क्वार्टरफाइनल र युएस ओपनको तेस्रो चरणको यात्रा तय गर्न सफल भएको गउफको भनाइ छ।

‘जब मैले सन् २०१८ को अस्ट्रेलियन ओपनको पहिलो राउन्डबाटै हारेपछि फेडररले धेरै मार्गदर्शन दिए,’ गउफले भनिन्, ‘त्यति बेला उनले मलाई दबाब र बाहिरी आलोचनाप्रति ध्यान नदिन सुझाएका थिए। त्यहीअनुरूप मैले गर्दा आजको दिनसम्म आइपुगेको छु।’ हाल विश्व वरीयतामा ७०औं स्थानमा रहेकी गउफले अर्को हप्तादेखि सुरु हुने लक्जेम्बर्ग डब्लुटिएमा पनि आफूले प्रतिस्पर्धा गर्ने बताएकी छन्।

‘अर्को हप्ताको डब्लुटिए खेल्ने शतप्रतिशत पक्का हो,’ गउफले भनिन्, ‘त्यो खेलका लागि पनि निकै उत्साहित छु। त्यो प्रतियोगितामा डबल्समा पनि प्रतिस्पर्धा गर्नेछु। यस वर्ष त्यो मेरो अन्तिम प्रतियोगिता पनि हुनेछ। एकपछि अर्को सफलता प्राप्त गर्नका लागि यो प्रतियोगिता मेरा लागि एक अवसर पनि हो।’

पितासमेत रहेका प्रशिक्षक कोरे गउफले कोको पछिल्ला समय निकै आत्मविश्वासी बनिरहेको बताएका छन्। ‘टुरमा म नयाँ प्रशिक्षक हुँ। मैले धेरै खेलाडीको पनि सामना गरेको छैन,’ प्रशिक्षक कोरेले भने,‘तर मलाई विश्वास छ, धेरै खेलपछि उनलाई आत्मविश्वासी बनाएको छ। साथै मैले पनि सोही किसिमको महसुस गरेको छु।   

प्रकाशित: २८ आश्विन २०७६ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App