१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डाक्टर ड्युटीमा नबसेको निहुँमा अस्पतालमा तोडफोड

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज बिरामीका आफन्तले तोडफोड गरेका छन्। समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन्।    

अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव अस्पताल नआएपछि आक्रोसित बिरामीका आफन्तले तोडफोड गरेको अस्पताल स्रोतले जनाएको छ। बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ।

तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। यसैबिच अस्पताल प्रशासनले डा. झा बिदामा रहेको र अर्का डा. यादव आपत्कालीन कक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको जनाएको छ। रासस

प्रकाशित: २७ आश्विन २०७६ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App