हामी कसरी सुखी रहुँला?

सोमबार, १३ मङि्सर २०७३, ११ : ४१ नागरिक

मेघराज शंकर

देशमा हुने सामाजिक राजनीतिक तथा आर्थिक परिवर्तको उद्देश्य नै देशलाई कसरी समृद्ध बनाउने र नागरिकले कसरी सुख उपभोग गर्ने भन्ने नै हो। अहिले केही राजनीतिक नेता तथा विज्ञहरु देशलाई कसरी समृद्धितर्फ लैजान सकिन्छ भनेर विभिन्न बहस/पैरवी गरिरहेका छन्। तर देश समृद्धिको बाटोमा न कुनै व्यक्तिको व्यक्तिगत इच्छा र औडाहाले हुन्छ न त हामीले कुनै विकसित देशको विकासको ढाँचा नक्कल गरेर नै सम्भव छ। देश बन्ने मुख्य आधार भनेको नै जनताको असिम आस्था र विश्वास भएको दूरदर्शी राजनीतिक नेतृत्व हो। त्यसैले विकासको कुरा गर्दा राजनीतिक नेतृत्व, जनआस्था र त्यसको प्रभावबारे प्रष्ट हुनु आवश्यक हुन्छ। 

विकासको माग कुनै पनि आन्दोलन तथा राजनीतिक विचारधाराले स्थापित गर्ने हो। राजनीतिक नेतृत्वले जनताको विश्वासलाई दिगो बनाउन नसक्दा हामीले यस्ता अवसर धेरै गुमाइ नै सकेका छौँ।

कुनै पनि समाजमा रहेको असमानता तथा विकृतिहरुविरुद्ध जनताले आवाज उठाइ नै रहेका हुन्छन्। जनताको त्यस्तो आवाजलाई दीर्घकालीन र दूरदर्शी विचारमा रूपान्तरण गरेर संघर्ष तथा अभियानको नेतृत्व गर्न सक्नु नै वास्तविक नेतृत्व हो। यस्तो नेतृत्वप्रति जनता आफ्नो ज्यानको आहुति दिन तयार हुन्छन्। आफ्नो जीवनको सर्वश्व गुमाउन तयार हुन्छन् तर नेतृत्वको विश्वासलाई कहिल्यै कमजोर हुन दिँदैनन्। नेपालमा भएका राणा शासनको अन्त्यको आन्दोलनदेखि माओवादी युद्ध र लोकतान्त्रिक आन्दोलनसम्मको इतिहासले देखाइसकेको छ कि जनताले नेतृत्वको विश्वासमा आफूलाई युद्ध तथा संघर्षमा होम्ने गर्छन्। जनताको संघर्षबाट एक चरण पार गरिसकेको अवस्थालाई समेत नेतृत्वले त्यही गतिमा जनसेवा र राष्ट्र सेवाका काम गर्न तत्पर भयो र जनतालाई समेत त्यस्तो कुराको आभास भयो भने बल्ल जनआस्था दिगो हुँदै जान्छ। र, देश निर्माणका लागि राष्ट्रिय एकता र प्रतिबद्धता कायम हुन्छ। आन्दोलन तथा अभियानमा जति नै जनसमर्थन प्राप्त गरेको भए तापनि आन्दोलनले प्राप्त गरेका उपलब्धिहरुको व्यवस्थापनमा आइपुगेको अवस्थामा जनताको अस्था गुमाइसकेको कुनै पनि नेतृत्व तथा सरकारबाट देशको समृद्धि आशा गर्न सकिँदैन। यस्तो नेतृत्व कुनैतवरले सरकारमा रह्यो भने पनि एकाध व्यक्तिहरुको फाइदाबाहेक केही हुन सक्दैन। त्यसैले देश निर्माणको पहिलो सर्त नै राजनीतिक नेतृत्वप्रति जनआस्था हुनु जरुरी छ।

हामी देश विकासको नेतृत्वको सन्दर्भमा दक्षिण कोरिया, मलेसिया, सिंगापुर र भियतनामको तत्कालीन राजनीतिक नेतृत्वको विकास र परिचालन उदाहरणीय छ। सन् १९५० को जुन महिनादेखि तत्कालीन सोभियत रुससँगको टकराव बढ्दै जाँदा कोरिया प्रायद्वीप दुई ठूला शक्ति केन्› अमेरिका र सोभियत संघको चेपुवामा परेर युद्धमा लपेटिन पुग्यो। झण्डै पाँच लाख सैनिक तथा गैरसैनिक व्यक्तिहरुले ज्यान गुमाएपश्चात सन् १९५३ मा कोरिया युद्ध अन्त्य भयो। कोरियामा जन्मेका भए पनि अमेरिकामा नै बसेर शिक्षादीक्षा पाएका कम्युनिस्ट विरोधी तानाशाह स्याङ्गमेन रिले सन् १९६५ सम्म अमेरिकाको साथ र सहयोग लिँदासम्म देशको समृद्धि हुन सकेन। नागरिकहरु स्वतन्त्र भएर आफ्नो देशको विकास आफँै गर्न चाहिरहेकका थिए। सोही बेला विद्यार्थीले रिका विरुद्ध ठूलो आन्दोलन गरे जसमा झण्डै १४२ जना विद्यर्थीको ज्यान गयो। अन्ततः रिले पदबाट राजीनामा दिनुपर्‍यो। सन् १९६१ को सैनिक वि›ोहपछि स्थापित भएका नेता पार्क चुङ्ग हिले जनताको भावना समेट्न कठोर विकास नीति अपनाएका थिए। पार्कले केन्›ीकृत योजनाबद्ध विकास प्रणाली अवलम्बन गर्दा कतै कम्युनिस्ट शासनअनुसार चल्न खोजेको त हैन भनेर अमेरिकासम्म पार्कदेखि निकै हच्चेको थियो। तर आजको कोरियाको विकासको मुख्य विकास मोडेल नै त्यही केन्›ीकृत विकास प्रणाली पनि हो। विदेशी शक्ति र सैनिक शासनदेखि आहत भएका जनताले पार्कप्रति देखाएका आस्थाले नै कोरिया विकासको आधार बन्न गयो। 

ब्रिटिस उपनिवेशमा चेपिएको मलेसियाले सार्वभौमसत्ताको संघर्षबाट नै देश विकासको बाटो खुलायो। आफ्नै देशामा केही गर्नुपर्छ भन्ने राष्ट्रिय भावनाको विकास बाहिरी शक्तिसँगको लडाइँले नै सिकायो। त्यसले नेतृत्वप्रति जनविश्वास बढायो र नेतृत्व पनि त्यही आस्थाका आधारमा कठोर नीति अवलम्बन गरेर राष्ट्रिय निर्माणमा जुट्यो। सन् १९५७ मा स्वतन्त्र हुनुअघि नै सन् १९५६ देखि सन् १९६० पहिलो पञ्चवर्षीय विकास योजनाको थालनीबाट नै मलेसियाको विकासको गति सुरुवात भयो। त्यस्तै सिंगापुरको विकास उदारभन्दा पनि कडा अनुशासनमा सम्भव भएको हो। सबैलाई थाहा छ कि मानिस सिंगापुरको छडीसँग खुबै डराउँथे। लि क्वानले अनुशासनको डण्डा लाएरै भए पनि जनताको आस्था बटुलेर देश समृद्ध बनाए। सन् १९७० को दशकसम्म युद्धले थिलथिलो भएको भियतनामले विकासमा मारेको जादुमय फड्को नै होचिमन्हको मेहनत, त्याग र दूरदर्शिताको प्रतिफल हो। अनि जनताको उनीप्रतिको प्रगाढ आस्था पनि।

हाम्रो देश बनाउन राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका लागि धेरै आन्दोलन र अभियान भए तर पनि देश बन्न सकेको छैन। तत्कालीन सोभियत संघले सुरुवात गरेको र दक्षिण कोरिया र मलेसियाले समेत विकासको सुरुवातमा अवलम्बन गरेको योजनाबद्ध विकासको अवधारणालाई आजभन्दा झण्डै साठी वर्षअघिदेखि नै नेपालमा पनि लागु गरियो तर पनि विकास भएन। विश्व भूमण्डलीकरणको लहरसँगै  निजीकरण र उदारीकरणको नीति अवलम्बन गरियो। धेरै सरकारी संस्थानलाई निजीकरण गरियो तर देशले आर्थिक समृद्धि हासिल गर्न सकेन। अरु विकसित देशले लागु गरेको नीति हामीले पनि लागु गरेका छौं। अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा अनुबन्धहरुमा हामीले पनि हस्ताक्षर गरेका छौं तर किन नागरिकको जीवनमा गुणात्मक परिवर्तन आएन? कुनै अन्तर्राष्ट्रिय सभा सम्मेलन तथा बैठकमा हामीले उठाउने मुद्दा तथा विषयवस्तुहरु अरु देशको भन्दा कमजोर हुँदैन तर हामी किन अरुसँग निम्सरो देखिइरह्यौं। संयुक्त राष्ट्र संघ, सार्क, कोलम्बो प्लान जस्ता अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनमा हाम्रो उपस्थिति हुँदाहँुदै पनि हाम्रो उचाइ किन बढ्न सकेन? देश विकासको मार्ग पहिचानका लागि हामी यिनै प्रश्नको उत्तर धुइधुइँती खोजिरहेका छौं। आफ्नो देशको विकास आफैँ नगरी हँुदैन भन्ने कुरा अरु देशको उदाहरणले पनि देखाइसकेका छन्। अनुदान, दान, ऋण भित्र्याएर वा देशको जनशक्तिलाई देशबाहिर कमाउन पठाएर देश बन्दैन। शासन तथा सरकारको व्यवहारलाई सामान्य घरको सत्तासँग जोडेर बुझियो भने पनि प्रष्ट हुन सकिन्छ। मानौँ, कुनै घरपरिवार अत्यन्तै विपन्न छ, त्यहाँ रोग, भोक, अशिक्षा, अभाव र कलह व्याप्त छ। काम गरेर खानुपर्छ भन्ने चेतनाको सम्म अभाव छ। झगडा र कलहका कारणले भएको जमिन पनि बाँझो छ भने त्यस्तो परिवारमा कसैले आफ्ना पितृलाई सम्झेर वा धर्म गर्छु भनेर एक छाक खान दिएर वा एक आङ लगाउन दिएर त्यस्तो परिवार समृद्ध बन्न सक्दैन। बाह्य सहयोगमा देश विकासको सपना देख्नु पनि यस्तै प्रयासको परिकल्पना मात्र हुन सक्छ।

कुनै पनि देश यसरी नै विकास हुन्छ भनेर कुनै सूत्र तथा नीति हुँदैन। देशको परिवेश तथा ऐतिहासिक पृष्ठभूमिले नै देश विकासको ढाँचाको माग गर्छ। यही मागलाई राजनीतिक नेतृत्वले बु‰न सक्नुपर्छ। विकासको माग कुनै पनि आन्दोलन तथा राजनीतिक विचारधाराले स्थापित गर्ने हो। राजनीतिक नेतृत्वले जनताको विश्वासलाई दिगो बनाउन नसक्दा हामीले यस्ता अवसर धेरै गुमाइ नै सकेका छौँ। देशको साँच्चिकै अग्रगामी तथा ›ुत विकासका लागि फेरि पनि कुनै अभियान र आन्दोलनले नै नयाँ नतृत्व नजन्माएसम्म देशको विकास कछुवा गतिमा यसरी नै हिँडिरहने प्रप्ट छ। यस्तो विकासले दैनिक जनजीविकाको न्यूनतम् गर्जो टार्ने र दैनिक प्रशासन सञ्चालन गर्नेबाहेक केही हुन सक्दैन। अहिलेको आवश्यकता भनेकै नेतृत्वप्रति प्रगाढ जनआस्था हो। कुनै पनि नागरिकमा मलाई समस्या पर्दा सरकारले हेर्छ र मैले गल्ती गर्दा सरकारले कडा दण्ड सजाय गर्छ भन्ने भावना विकास हुनु आवश्यक हुन्छ। यस्तो भावनाको विकास दृढ जनविश्वास भएको राजनीतिक नेतृत्वमा मात्र सम्भव छ। जनआस्था भएको सरकार आफैँमा शक्तिशाली सरकार हो। त्यस्तो सरकारले मात्र आफ्ना कार्यक्रम कठोर कदम चालेर भए पनि लागु गर्न सक्छ। अहिले हामीसँग विभिन्न विकास साझेदारहरुले पढाएका विकासका विभिन्न परिभाषा र नारा छन्। केही अनुदान र ऋण सहयोग पनि छ। तर सरकारको संयन्त्र नै फितलो र कमजोर भएकाले प्रतिफल हासिल हुन सकेको छैन। राज्यशक्तिको तागत नै कमजोर भएको अवस्थामा वैदेशिक लगानी गुहारेर र निजी क्षेत्रलाई हारगुहार गरेर वास्तविक आर्थिक समृद्धि हासिल हुनै सक्दैन। केही उदारवादीहरुले दक्षिण कोरयाका पार्क, मलेसियाका महम्मद महाथिर र सिंगापुरका लिक्वानको उदार शैलीको मात्र बखान गरेर देश विकासमा उदार प्रणालीको वकालत गर्ने गरेका छन् तर ती देशका नेताले लिएको कठोर राज्यकेन्›ित विचारधारालाई बेवास्ता गर्दै आएका छन्। यस्तो सोचाइले विकासको मार्ग पत्ता लागउन अझै अन्योल नै  हुनेछ। 

›ुत र दिगो विकासका लागि सरकारी संरचना र संयन्त्र दर्विलो हुनु आवश्यक हुन्छ। राज्यको सशक्त उपस्थिति र भूमिकाबिना कुनै निकायले पनि देश विकासको नेतृत्व गर्न असम्भव हुन्छ। अतः ›ुत गतिमा विकासको फड्को मार्न साँच्चिकै जनआस्था भएको कुशल नेतृत्वको विकास हुन अझै केही समय लाग्ने नै छ। त्यसपछि देश धनी पक्कै हुन्छ, हामी सुखी पक्कै हुनेछौँ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad