१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषधविरुद्ध प्रहरीसँग युवाहरुको सहकार्य

नेपालगन्ज- बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरस्थित सचेत युवामञ्च सामाजिक अराजकता र लागुऔषधविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ।    

सामाजिक अराजकता र लागुऔषधविरुद्ध बृहत् कार्ययोजना बनाएर प्रहरीसँग सहकार्य गरिएको मञ्चका अध्यक्ष मनप्रकाश रेग्मीले बताए। अभियान अन्तर्गत मञ्चले आज राधापुर प्रहरी चौकी र खजुरा गाउँपालिका–२ कार्यालयको सहकार्यमा शान्तिसुरक्षा कायम गर्न सरोकारवालासँग बृहत् अन्तरक्रिया गरेको छ।

कार्यक्रममा सांसद नन्दलाल रोकायले समाजमा अराजकता बढेको भन्दै यसलाई नियन्त्रण गर्न नसके व्यवस्थामाथि खतरा आउन सक्ने जिकिर गरे। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले प्रहरी र नागरिकबीचको सहकार्यबाट कुनै पनि अपराध नियन्त्रण गर्न सकिने बताए।   

उनले लागुऔषध नियन्त्रणका लागि स्थानीयस्तरबाट कसैले हस्तक्षेप नगर्ने प्रतिबद्धता आए १५ दिनभित्र खजुरा क्षेत्रबाट लागुऔषध नियन्त्रण गर्ने दाबी गरे। कार्यक्रममा खजुरा क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, शिक्षक लगायतको सहभागिता रहेको थियो। रासस

प्रकाशित: २७ आश्विन २०७६ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App