१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा

काठमाडौं– दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ। साँझ ६ बजे देखि लागेको आगो करिब ३ घन्टापछि नियन्त्रणमा आएको हो। आगलागीबाट भवनको सातौं तल्लामा रहेको क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ। त्यस्तै भवनका अन्य तल्लामा पनि क्षती पुगेको छ।

क्षतीको मानवीय र भौतिक क्षतीको पूर्ण विवरण भने आइसेको छैन। महानगरीय प्रहरी वृत्त दरबारका सई गोविन्द नायकका अनुसार विद्युत् सर्ट भई आगो लागेको थियो।

आगो नियन्त्रण गर्न उपत्यकाका तीन वटै महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका दमकल खटिएका थिए। 

 

प्रकाशित: २६ आश्विन २०७६ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App