१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटमा गोली हानेर युवकको हत्या

राैतहट- आइतबार साँझ भारतबाट भारतीय नम्बर प्लेटकै मोटरसाइकलमा तीन जना रौतहट पसेर एक जनालाई गोली हानेका छन्।

रौतहटको ईशनाथ नपा ६ मा भारतीय सीमाभन्दा एक किलोमिटरभित्र नेपालतिर एकान्तमा गोली हानी फेरि भारततिरै फरार भएको स्थानीयको भनाइ छ।

गोली लागेका अन्दाजी २३ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको छ। युवकको पहिचान खुल्न सकेको छैन्। युवक भारतीय नै भएको स्थानीयको अनुमान छ। घटनाको विषयमा प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७६ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App