१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

नान्जीङ- चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन्।  

स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो।  

घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा छ। घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ। रासस

प्रकाशित: २६ आश्विन २०७६ ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App