१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आयरल्यान्ड रग्बी विश्वकपको क्वार्टरफाइनलमा

फुकुओका – जोनी सेक्सटेनले दुई ट्राई गरेपछि १४ खेलाडीमा सीमित भए पनि आयरल्यान्डले शनिबार सामोआलाई हराउँदै रग्बी विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

वल्र्ड प्लेयर अफ दी इयरद्वारा सम्मानित जोनीले दुई पटक ट्राई गरेपछि सामोआलाई ४७–५ स्कोरले हराउँदै आयरल्यान्डले बोनस अंकसहित क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो। पहिलो हाफमै आयरल्यान्डका बुन्डे एकीले खराब ट्याकल गरेपछि रातो कार्ड पाउँदै बाहिरिएका थिए। यद्यपि सामोआले त्यसको फाइदा लिन सकेन।

निकै रोमाञ्चक बनेको समूह ‘ए’ बाट आयरल्यान्ड क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। आयरल्यान्डलाई नै अपत्यारिलो हार चखाएको आयोजक राष्ट्र जापानले भने क्वार्टरफाइनलमा पुग्न यस समूहको अन्तिम खेलसम्म कुर्नुपर्नेछ। आइतबार स्कटल्यान्ड विरुद्धको जित या उक्त खेल रद्द भए जापान क्वार्टरफाइनलमा पुग्नेछ।

आइतबारको खेलमा आँधी आउनसक्ने पनि अनुमान गरिएको छ। पाँच राष्ट्र सम्मिलित समूह ‘ए’ मा कुल चार खेल खेलेको आयरल्यान्ड १६ अंकसहित शीर्ष स्थानमा छ भने समान तीन खेल मात्र खेलेको जापानको १४ अंक र स्कटल्यान्डको १० अंक छ। अन्तिम खेल बाँकी रहेका यी दुवैको क्वार्टरफाइनल पुग्ने सम्भावना बाँकी छ।

चारै खेल खेलेका सामोआ ५ अंक र रसियाले अंकविहीन हुँदै यो विश्वकपको यात्रा टुंग्याएका छन्। यस समूहका विजेताले दक्षिण अफ्रिका र उपविजेताले डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्डसँग क्वार्टरफाइनलमा खेल्नेछन्। शनिबार खेलको २८औं मिनेटमा सामोआका उलुपानो सेउतेनीलाई खराब ट्याक गरेपछि आयरल्यान्ड १४ खेलाडीमा सीमित भएको थियो।

सोही समयमा आयरल्यान्ड २१–५ स्कोर अगाडि थियो। तर, सामोआले त्यसको फाइदा लिन सकेन। एकजना खेलाडीको कमीका बाबजुत पनि आयरल्यान्ड पहिलो हाफअगावै चार ट्राई गरेपछि बोनस अंक पक्का गर्न सफल भयो। पहिलो हाफमा जोनी सेक्सटनले नै दुई ट्राई गरेका थिए। जोनी पहिलो हाफमै तीन कनभर्जन किक पनि प्रहार गर्न सफल भए। रोरी बेस्ट र ताधग फुर्लोङले पहिलो हाफमा समान १÷१ ट्राई गरे।

दोस्रो हाफमा आयरल्यान्डका जोर्डन लार्मौर, सिजे स्टान्डर र एन्ड्रयु कोनवेले समान १÷१ ट्राई गर्दा सामोआ असफल रह्यो। दोस्रो हाफमा जोय कारबेरीले दुई र जोनी सेक्सटेनले एक कनभर्जन किक प्रहार गरेका थिए। त्यससँगै विश्व वरीयतामा चौथो स्थानमा रहेको आयरल्यान्डले १४औं वरीयताको सामोआलाई सहजै पराजित गर्न सफल भयो।

निकै रोमाञ्चक बनेको समूह ‘ए’ बाट आयरल्यान्ड क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। आयरल्यान्डलाई नै अपत्यारिलो हार चखाएको आयोजक राष्ट्र जापानले भने क्वार्टरफाइनलमा पुग्न यस समूहको अन्तिम खेल कुर्नुपर्नेछ।  

 

प्रकाशित: २६ आश्विन २०७६ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App