१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बिमा कम्पनीमा नौ हजारलाई रोजगारी

काठमाडौं - जीवन तथा निर्जीवन बिमा सेवा प्रदायक कम्पनीमा नौ हजार तीन सय ७० जनाले रोजगारी पाएका छन्। आकर्षक तलब र सुविधा पाउने भएकाले युवाहरु बिमा कम्पनीमा काम गर्न आकर्षित भएका हुन्।

बिमा समितिका अुनसार चालु आव ०७६/७७ को साउन मसान्तसम्म जीवन बिमा कम्पनीमा चार हजार सात सय ५८ र निर्जीवन बिमा कम्पनीमा चार हजार ६ सय १२ गरी नौ हजार तीन सय ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

हाल मुलुकभर १९ वटा जीवन तथा २० वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन्। जसअनुसार चालु आवको साउन मसान्तसम्म जीवन बिमा कम्पनीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले पाँच सय ५५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। सबैभन्दा कम आइएमई लाइफ इन्स्योरेन्सले ८१ जनालाई रोजगारी दिएको छ।

समितिका अनुसार निर्जीवन बिमा कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ६ सय १२ जनालाई रोजगारी दिएको छ। सबैभन्दा कम रोजगारी दिनेमा राष्ट्रिय बिमा संस्थान छ। सरकारी स्वामित्वमा रहेको संस्थाले साउन मसान्तसम्म ८२ जनालाई रोजगारी दिएको छ।

 

प्रकाशित: २६ आश्विन २०७६ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App