१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधनको डिजाइन विदेशमा बनेको रावलको आरोप

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधनको डिजाइन भारतमा भएको आरोप लगाएका छन्।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको उल्लेख गर्दै यसको डिजाईन नेपालमा नभएर भारतमा भएको आरोप लगाएका हुन् । उनले अघि थपे,‘यो सरकार लेण्डुप दोर्जेको पथमा हिँड्न खोजेको छ, सम्पूर्ण देशभक्त नेपालीहरुले यसको विरोध गर्नुपर्छ।’

रावलले संविधान संशोधनको विषय नेपाल र नेपाली जनताको हितमा नभएको बताउँदै भने,‘मरेर गाडी सकेको लाशलाई झिकेर दुर्गन्ध फैलाउने काम यो सरकारले गर्न खोजेको छ, नेकपा एमालेले यस्तो कदापि हुन दिँदैन्।’

उनले संविधान संशोधनको प्रस्ताव वर्तमान सरकारले आफ्नो विवेकले भन्दापनि विदेशीको दिमागले गर्न खोजेको आरोप लगाए। उनले प्रदेशको सिमांकनको विवाद समाधानको नाममा  ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कार्य कुनै हालतमा स्विकार्य नभएको जिकिर गरे । रावलले थपे,‘तराई र पहाडलाई छुट्याउनको लागि संविधान संशोधन किन?’

 उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकालाई चुनाव गरेर देखाउन चूनौति दिएका छन्। रावलले थपे,‘यो सरकारले चुनावको खाका कहाँ ल्यायो ? चुनावमा जाऔं, परिक्षा गरौं न ? चुनावबाट किन भाग्न खोजेको ?’

उनले वर्तमान सरकारले १२५ जातजातिहरुमा फाटो लगाउने गरि संशोधन प्रस्ताव अघि सार्न खोजेको भन्दै यस्तो सोच्नुपर्ने मुर्खतापूर्ण भएको टिप्पणी गरे । उपाध्यक्ष रावलले अहिलेको सरकारले दुईवटा राष्ट्रियताको कुरा गरेको भन्दै कडा आपत्ति जनाए।

प्रकाशित: १२ मंसिर २०७३ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App