१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमा स्वागत

फाइल तस्बिर

काठमाडौं –  राष्ट्रपति विद्यादेवि भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गरेकी छिन्। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी राष्ट्रपति सीलाई भण्डारीले स्वागत गरेकी हुन्।

नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपालमा आएका उनको स्वगतामा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित रहेको छन्। चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्। 

 उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्। विमानस्थलमा  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन्।

चिनियाँ राष्ट्रपति सी स्वागतका लागि काठमाडौंका मुख्य सडक फेरिएका छन्। सीको स्वागतका लागि सडक चिटिक्क पारिएको हो। सरकारले सीको स्वागतका लागि रातारात काठमाडौंका सडकको स्वरूप फेरेको हो।  उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थान सजाइएको छ।

प्रकाशित: २५ आश्विन २०७६ ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App