१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिनिया राष्ट्रपतिको भ्रमण अवधिको भर एम्बुलेन्स तथा प्राथमिक उपचार सेवा तयारी अवस्थामा

काठमाडाैँ - नेपाल रेडक्रस सोसाइटीले चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय नेपाल भ्रमणको अवधिलाई लक्षित गरी एम्बुलेन्स सेवा र प्राथमिक उपचार सेवाको लागि उपकरण र जनशक्तिलाई एलर्ट अवस्थामा राखेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोधमा  केन्द्रीय कार्यालय कालिमाटीमा यो विशेष व्यवस्था गरिएको हो ।

मेडिकल पर्सन, उपकरणहरु सहित २ वटा ख वर्गका एम्बुलेन्सहरुका साथै प्राथमिक उपचारक टोली राष्ट्रपतिको भ्रमणका २ दिन केन्द्रीय कार्यालयमा स्ट्याण्डबाई रहने नेपाल रेडक्रसको स्वास्थ्य विभागका उपनिर्देशक बाबुराजा बोहराले बताए ।

एम्बुलेन्स तथा प्राथमिक उपचार नेपाल रेडक्रसका नियमित गतिविधिहरु हुन् र उच्च स्तरीय भ्रमणको सिलसिलामा केन्द्रीय कार्यालयमा यो विशेष व्यवस्था गरिएको हो ।

प्रकाशित: २५ आश्विन २०७६ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App