प्रदर्शनको तयारी गरिरहेको आशंकामा २२ जना पक्राउ, भेटियाे यस्ता सामाग्री

शनिबार, २५ असोज २०७६, १४ : ५२ नागरिक

काठमाडौं– प्रदर्शनको तयारी गरिरहेको आशंका २२ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं बाट खटिएको टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हाे।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीका अनुसार काठमाडौंको वौद्ध, स्वयम्भु लगायतको स्थानबाट २२ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे। उनका अनुसार प्रदर्शनको तयारी गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो।

उनले भने,‘ पक्राउ गरिएकाहरु बाट फ्री तिब्बत लेखिएको टिसर्ट, झोला लगायतको सामग्रीसमेत बरामद भएको छ।’त्यस्तै उनीहरुको साथबाट टिबेटिएन झण्डा समेत भेटिएको छ । फ्री तिब्बतको नारा लेखिएको ट्रयाकसुट लगाएको व्यक्ति पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा प्रदर्शन हुन सक्ने आशंकामा उपत्यकाका तीनै जिल्लाका सबैजसो गुम्बाहरुमा प्रहरी तैनाथी बढेको छ । फ्रि तिब्बतको प्रदर्शन हुन सक्ने भन्दै ती गुम्बाहरुमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अधिकांश तिब्बती नागरिक छन् भने केही नेपाली नागरिकलाई पनि पक्राउ गरिएको छ । यद्यपि पक्राउ परेकाहरुले प्रदर्शनको तयारीबारे भने केही बताएका छैनन् ।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad