१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चिनियाँ राष्ट्रपति ‘सी’ को सुरक्षाका लागि कति सुरक्षाकर्मी खटाइए?

फाइल तस्बिर ।

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङ साढे चार बजे काठमाडौं ओर्लदैछन्। सी दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।

विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन्। उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाको कमान्डमा विशेष फौज परिचालन गरिएको गृह मन्त्रालयको उच्च स्रोतले जनाएको छ।

सी काठमाठौंमा ओर्लेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षाको नेतृत्त्वदायी जिम्मेवारी सेनाले  लिएको छ। सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको हो। कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत सम्मिलित छन्।

भ्रमणका बेला विमानस्थलन, सवारी रूट, होटल, कार्यक्रमस्थल तथा अन्य संवेदनशील स्थानमा करिब  १५ हजार सुरक्षाकर्मी परिचालित भएका छन्।

प्रकाशित: २५ आश्विन २०७६ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App