१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक नेपालमा

काठमाडौं – नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका टेबलटेनिस खेलाडीहरूलाई प्रशिक्षण गर्न स्विट्जरल्यान्डका अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेक नेपाल आएका छन्।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य एवं प्रदेश–३ राखेपका संयोजक सुदिल साहीको पहलमा एक हप्ताका लागि उनी नेपाल आएका हुन्। नेपाली खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा नपठाएसम्म नेपालमा नै वैदेशिक प्रशिक्षणमार्फत खेलाडीको खेलस्तर वृद्धि साथै सागमा बढिभन्दा बढि पदक जित्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाइएको साहीले बताए।

नेपाली खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा पठाउन कठिनाई भएमा प्रशिक्षक पाभेललाई थप समयसम्म नेपालमा राख्न सकिने साहीको भनाइ छ। प्रशिक्षक पाभेलसँग जर्मनीमा ९ वर्ष, स्विट्जरल्यान्ड टिममा १८ वर्ष, श्रीलंका र चेक रिपब्लिकमा समेत प्रशिक्षण प्रदान गरिसकेको अनुभव छ।

यस्तै २०१६–०१८ मा बेष्ट टेनर अफ द इयरबाट समेत सम्मानित रहेका छन्। उनलाई नेपाली प्रशिक्षक सरह दैनिक भत्ता र एकतर्फी हवाई टिकटमा नेपाल बोलाइएको हो। उनले यसअघि पनि नेपाली खेलाडीलाई प्रशिक्षण प्रदान गरिसकेका छन्।

नेपाली खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा पठाउन कठिनाई भएमा प्रशिक्षक पाभेललाई थप समयसम्म नेपालमै राख्न सकिने राखेपका सदस्य सुदिल साहीको भनाइ छ।

प्रकाशित: २५ आश्विन २०७६ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App