१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल–चीन उच्चस्तरीय भ्रमण शृंखला

फाइल तस्बिर

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणअन्तर्गत शनिबार दिउँसो काठमाडौं आउँदै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी यहाँ आउन लागेका हुन्। २३ वर्षपछि चीनका तर्फबाट नेपालमा हुन लागेको यो उच्चस्तरीय हो। यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिन नेपाल आएका थिए।

नेपाल–चीन सम्बन्ध ऐतिहासिक भए पनि यसले सन् १९५५ मा आएर औपचारिक (कूटनीतिक) मान्यता पाएको हो। दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएपछि उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आए पनि करिब अढाइ दशकयता चीनबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला सी यहाँ आउन लागेका हुन्। नेपालले भने नियमित रूपमा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै आएको छ।

दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध कायम भएपछि उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आए पनि करिब अढाइ दशकयता चीनबाट उच्चस्तरीय भ्रमण हुन नसकेका बेला सी यहाँ आउन लागेका हुन्। नेपालले भने नियमित रूपमा उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै आएको छ।

चीनका तर्फबाट पहिलोपटक सन् १९५७ मा तत्कालीन प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए। उनी सन् १९६० मा दोस्रोपटक नेपाल आएका थिए। चाउपछि चिनियाँ नेता देङ सियाओ पिङले सन् १९७८ मा नेपाल भ्रमण गरेका थिए। त्यस्तै तत्कालीन चिनियाँ प्रधानमन्त्री झाओ झियाङले सन् १९८१, चिनियाँ राष्ट्रपति ली सियाननियानले १९८४ र प्रधानमन्त्री ली पेङले १९८९ मा नेपाल भ्रमण गरेका थिए। सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए। सन् २००१ मा तत्कालीन प्रधानमन्त्री झु रोङजीले नेपाल भ्रमण गरेका थिए। सन् २०१२ मा केही समयका लागि प्रधानमन्त्री बेन जिआवाओ यहाँ आएका थिए।

नेपालका तर्फबाट सन् १९५६ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य र १९६० मा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले चीन भ्रमण गरेका थिए। सन् १९६१ मा राजा महेन्द्र चीन भ्रमणमा गएका थिए। त्यस्तै सन् १९७२ र १९७८ मा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले चीनको भ्रमण गरेका थिए। तत्कालीन राजा वीरेन्द्रले सन् १९७३, १९८२, १९८७, १९९३, १९९६ र २००१ मा गरी ६ पटक चीन भ्रमण गरे। तत्कालीन प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइरालाले सन् १९९२ र १९९३, प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ र प्रधानमन्त्री शेरबहादुर देउवाले १९९६ मा चीन भ्रमण गरेका थिए। तत्कालीन राजा ज्ञानेन्द्रले सन् २००२ र २००५ मा चीन भ्रमण गरे। प्रधानमन्त्रीको हैसियतमा पुष्पकमल दाहालले सन् २००८ र २०१७ मा चीन भ्रमण गरे।

त्यस्तै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २००९ मा र प्रधानमन्त्री सुशील कोइरालाले २०१४ मा चीन भ्रमण गरेका थिए। नेपालको पहिलो राष्ट्रपतिका रूपमा रामवरण यादवले सन् २०१० र २०१५ मा दुईपटक चीन भ्रमण गरे। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष चीन भ्रमण गरेका थिए। उनले यसअघि पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २०१६ मा पनि चीन भ्रमण गरेका थिए। उपराष्ट्रपति नन्दबहादुर पुनले २०१८ मा चीन भ्रमण गरे। पछिल्लोपटक गत वैशाखमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट चीनको राजकीय भ्रमण भएको हो।

प्रकाशित: २५ आश्विन २०७६ ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App