१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपा संसदीय दलको नेतामा कमल थापा निर्विरोध

काठमाडौं–राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएर गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा कमल थापा निर्विरोध निर्वाचित भएका छन्। आइतबार सिंहदरबारमा बसेको राप्रपा संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा चयन गरेको हो। 

थापालाई दलको नेता बनाउन एकता हुनुअघिको राप्रपाका संसदीय दलका नेता दिपक बोहोराले प्रस्ताव गरेका थिए। बोहोराको प्रस्तावलाई सबै सांसदहरुले समर्थन गरेका थिए। यसअघि राप्रपा नेपालको संसदीय दलको नेतासमेत थापा नै थिए।

यसैगरी संसदीय दलको उपनेतामा दिपक बोहोरा सर्वसम्मत भएका छन्। संसदीय दलका नेता कमल थापाले दलको उपनेतामा बोहोराको नाम प्रस्ताव गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित: १२ मंसिर २०७३ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App