१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कारखानामा आगलागी, आठ कामदारको मृत्यु

नयाँ दिल्ली- उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ। 

शुक्रबार अबेर राति कारखानाको विद्युतीय लाइनमा आएको अवरोधका कारण सुरु भएको लागलागीमा त्यहाँ रहेका कामदारहरु फसेका थिए। हर्याणा राज्यको पनीपाट जिल्लामा भएको सो घटनाका कारखानामा कार्यरत दर्जनौं कामदार भाग्न सफल भएका प्रहरीले जानकारी दिएको छ। 

अग्नि नियन्त्रकहरुको पाँच घन्टाको प्रयासपछि सो आगलागी नियन्त्रणको लिइएको थियो। यस घटनामा परी सात व्यक्तिको मृत्यु भएको थियो। घाइतेमध्ये एक व्यक्तिको शनिबार मृत्यु भएपछि यो सङ्ख्या आठ पुगेका स्थानीय प्रहरी अधिकारी दीपक कुमारले एएफपी समाचार समितिलाई बताउनुभएको छ। यस घटनामा दुई महिला कामदारको पनि मृत्यु भएको छ। 

गत नोम्भेम्बर ११ मा नयाँ दिल्लीमा गैरकानुनी रुपमा रहेको एक गार्मेन्टको विद्युतीय लाइनमा आएको खराबीका कारण लागेको लागलागीमा परी १३ व्यक्तिको मृत्यु भएको थियो। 

प्रकाशित: १२ मंसिर २०७३ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App