१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सामूहिक बलात्कारपछि हत्या गर्ने योजना विफल

युवती अपहरणमा प्रयोग भएको भारतीय नम्बरको स्कार्पियो र प्रतिवादीलाई सार्वजनिक गर्दै प्रहरी। तस्विरःमिथिलेश यादव/नागरिक

सिरहा - उदयपुरबाट मेला हेर्न लहान आएकी युवतीलाई अपहरण गर्ने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने सिरहा नगरपालिका ९ का २४ वर्षीय रामप्रकाश गोइत,३६ वर्षीय गणेश कुमार यादव, वडा नम्बर ८ का २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

लहानको लक्ष्मीपुरपतारी गाउँपालिकामा दुर्गा मन्दिरमा मेला हेरेर आफन्त समीर चौधरी र सुदिप चौधरी युवतीलाई धनगढीमाई नगरपालिका ९ मुसहरनीया नजीक भारतीय नम्बर प्लेटको स्कार्पियो जीपले ओभरटेक गरेर युवती चढेको मोटरसाइकल रोकेको थियो। बीआर ३२ पीए ४२६२ नम्बरको सो जीपमा सवार पाँचजना युवकले ती युवतीलाई जबरजस्ती जीपमा चढाएका थिए। समीर र सुदिपले प्रतिकार गर्दा जीपमा सवार युवकहरुले कुटपिट गरेका थिए।

जीपमा राखेर युवतीलाई उनीहरुले चोहर्वा–सिरहा सडकतर्फ लिएका थिए। नशामा लिप्त ती युवकहरुले युवतीलाई जीपमा यौन दुव्र्यवहार गर्दै सिरहा बजारभन्दा उत्तर गुलरीयाबाट सारस्वरतर्फ मोडिएका थिए। निर्माणको क्रममा रहेको यो सडकमा जीप फसेंपछि ती युवती शौचालयको बहाना बनाएर जीपबाट बाहिरिइन्। सँगै एकजना युवक पनि बाहिरिए। युवकको पहरामा बाहिरिएकी उनी भाग्न सफल भइन्। नजीकै बस्तीमा पुगेगी ती युवतीलाई सिरहाबाट गएको प्रहरीले उद्धार गरेको थियो।

सडकको नालामा फसेंको जीप खानतलास गर्दा प्रहरीले ३०० थान नाइट्रोभेट चक्की(लागूऔषध) र ८ राउन्ड गोली वरामद गरेको एसपी चतुर्वेदीले बताए। युवती अपहरणमा संलग्न पाँचमध्ये तीनजनालाई पनि तत्काल पक्राउ गर्न सफल भएको उनले बताए। बाँकी दुई जनाको खोजतलास तथा थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।

बलात्कारपछि हत्या गर्ने योजना बिफल 
अपहरित युवतीलाई सुरक्षित स्थान(एकान्त चौर)मा लगेर सामुहिक बलात्कार गरी हत्या गर्ने योजना प्रहरीको सक्रियताका कारण विफल भएको छ। अपहरणकारी युवकहरुले युवतीलाई यौन दुव्र्यवहार गर्दै प्रहरीको गस्तीका कारण सीमावर्ती गाउँतर्फ मोडिनुपरेको जीपभित्र चर्चा गरेको ती युवतीले प्रहरी समक्ष बयान दिएकी छन्।

पाँचैजनाले सामुहिक बलात्कार गरेपछि हत्या गरेर फालिदिने सम्मको योजना ती युवकहरुले जीपभित्रै बनाएको समेत पीडित युवतीले प्रहरीलाई बयान दिएकी छन्। 'भगवानले मेरो अस्मिताको रक्षा मात्र गरेनन् समयमा प्रहरी पठाएर मेरो जीवन समेत रक्षा समेत गरिदिए। युवतीले आँशु झार्दैै भनिन्। मेरो अपहरण गरी जवरजस्ती गर्नेमाथि हदैसम्मको कारवाही होस्।' एसपी चतुर्वेदीका अनुसार पक्राउ परेकाहरुमाथि आवस्यक कानुनी कारबाही अघि बढाइएको छ।

प्रकाशित: २३ आश्विन २०७६ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App