१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कमजोर ब्याटिङ प्रदर्शन

काठमाडौं- नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ कमजोरी पुनः एकपटक छताछुल्ल हुँदाशनिबार पाकिस्तानलाई ९ विकेटले नतिजा सुम्पिएको छ। थाइल्यान्डको बैंककमा शनिबार सुरु वुमन्स ट्वान्टी–२०एसिया कपक्रिकेटमा नेपाली टोली १८.१ ओभरमा अलआउट हुँदा ४७ रनमात्र जोड्न सफल भयो। प्रायः एउटा खेलमा एक खेलाडीले बाहेक अन्यले दोहोरो अंकमा रनजोड्न नसक्ने कमजोरीले शनिबार पनि निरन्तरता पायो। कप्तान रुबिना क्षेत्रीबाहेक अन्यलेस्कोर बनाउन सकेनन्। रुबिनाले ३३ बल खेल्दै ११ रन बनाइन्।

सरिता मगर, नेरी थापा र सरस्वती कुमारीले खाता खोल्न सकेनन्। ओपनिङ खेलाडीले राम्रो सुरुआत गरे टेस्ट राष्ट्रविरुद्ध नेपालले गतिलो स्कोर बनाउनेप्रशिक्षक राजु बस्न्यातकोविश्वास थियो। तर उनले भने जस्तै ओपनिङ खेलाडीले क्रिजमा आत्मविश्वासीप्रदर्शन गर्न सकेनन्। पछिल्ला खेलहरूमा नेपालको मुख्य कमजोर ब्याटिङ चल्नु नसक्नु थियो। 

ओपनर काजोल श्रेष्ठ १ र ज्योति पाण्डे ८ रनमा बनाउँदै आउट भए। १९ बल खेल्दै एक चौका प्रहार गरेकी उनी सातौं ओभरमा साना मिरको बलमा अलिया रियाजबाट क्याचआउट भइन्। काजोल७ बल खेलेकी काजोल भने अनाम अमिनको बलमा सिद्रा नवाजबाट क्याचआउट भएकी हुन्। अनुभवी खेलाडीको छवि बनाएकी नेरी ४ बल खेलेर पवेलियन फर्किइन्। अर्की अनुभवीइन्दु बर्मा ८ रन जोडिन्।  १२ बल खेलेकी उनको इनिङमा एक चौका पनि सामेल छ।

पाकिस्तानविरुद्ध नेपाली महिला टोलीको यो तेस्रो हार हो। यसअघि २०११ को एसिसी महिला ट्वान्टी–२० च्याम्पियनसिपको तयारीक्रममा नेपालले पाकिस्तानसँग दुई अभ्यास खेल खेलेको थियो। नेपाली टोली कुवेतमा भएको पहिलो खेलमा ८३ र दोस्रोमा १ सय १६ रनले पराजित भएको थियो।

पाँच वर्षअघि पाकिस्तानसँग खेल्दाका सात खेलाडी अहिले टोलीमा छन्। नेरी, इन्दु, सरिता मगर, सीता रानामगर, नीरा राजोपाध्याय, रुबिना र रश्मी शर्माले पाकिस्तानसँग खेलेका थिए।

थाइल्यान्डमा आठौं विकेटका लागि करुणा भण्डारी र रुबिनाले बनाएको १४ रन नेपालको इनिङमा ठूलो साझेदारी थियो। नेपाललाई झिनो स्कोर रोक्ने क्रममा पाकिस्तानकी साना मिर, सदिया युसुफ र अनम अमिनले २–२ विकेट लिएका थिए। बिस्मह मरुफ र अस्माभिया इकबलले समान १ विकेट लिए।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा नेपालले छाडेको ४८ रनको लक्ष्य पाकिस्तानले १० ओभरमा१ विकेट गुमाएर पूरा गरेको थियो। पाकिस्तानकी ओपनर आयशा जाफरले तीन चौकासहित २६ र जाभेरिया खानलेएक चौकासहित अविजित १६ रनको योगदान गरे। आयशा र जाभेरियाले पहिलो विकेटमा ४४ रनको साझेदारी गरेपछि पाकिस्तानलाई जित पाउन धेरै मिहिनेत गर्नुपरेन। आयशा १० औं ओभरको पहिलो बलमा रनआउट भइन्। उनी नेपालकी सरस्वती कुमारीबाट रनआउट भएकी हुन्।

अब नेपाललेसोमबार श्रीलंकाको सामना गर्नेछ। यसैगरी शनिबार भएको अर्को खेलमा भारतले बंगलादेशलाई ६४ रनले हरायो। सुरुआतमा व्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १ सय १८ रन बनाएको थियो।

भारतकी ओपनर मिथिल राजले सर्वाधिक ४९ रन र अर्की ओपनर स्मि्रती मन्दानाले ४१ रन जोडिन्। कप्तान हरमनप्रित कौरले १९ रनको योगदान गरिन्। बंगलादेशकी खाडिजा तौर कुर्बाले २ विकेट लिएकी थिइन्।

जबाफमाबंगलादेशले १८.२ ओभरमा ५४ रनमात्र जोडन सक्यो। बंगलादेशकी साहिला सारमीनले १९,  सल्मा खातुनले १७ रन जोड्नु बाहेक अन्य खेलाडीले गतिलो स्कोर जोडन सकेनन्। भारतकी पुनम यादवले ३, अनुजा पाटिल र जुलान गोस्वामीले समान २ विकेट लिएका थिए।

प्रकाशित: १२ मंसिर २०७३ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App