१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दुहवीमा आर्मी विजयी

अमर खड्का/चुमन बस्नेत

दुहबी- त्रिभुवन आर्मी क्लब सुनसरीको दुहबीमा सुरु मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ।

स्थानीय दुहबी रंगशालामा शनिबार आर्मीले काठमाडौंको चर्च ब्वाइज क्लबलाई २¬–१ ले पराजित गर्दै सेमिफाइनल सुरक्षित गरेको छ। चर्च ब्वाइजले अग्रता लिए पनि आर्मीले जित सुनिश्चित गरेको हो। चर्चका मार्टिन अजायीको गोल सान्त्वनामा सीमित भयो। आर्मीका दीपक गुरुङ र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए।

म्यान अफ दी म्याच आर्मीका गोलरक्षक विकेश कुथु भए। उनले ५ हजार पुरस्कार पाए। चर्च ब्वाइज सुरुआती ३० मिनेट हाबी भयो। ३६ औं मिनेटमा आर्मीले गोल गरेपछि चर्च ब्वाइजले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेन।

नवौं मिनेटमा पाल्साङ लामाको लामो पासमा मार्टिनले गोल गरेका थिए। त्यसलाई आर्मीले ३६ औं मिनेटमा बराबरीमा ल्यायो। २५ यार्डबाट फ्रिकिकमा दीपकले प्रहार गरेको बल गोल हुँदा खेल बराबरीमा हुन पुग्यो। लगत्तै आर्मीका टेकबहादुर डी बक्सभित्र प्राप्त बलमा गोल गर्न सफल भए। ५० औं मिनेटमा मार्टिनको क्रसमा लावलले गरेको प्रहार गोलरक्षक विकेशले पन्च संकट टारेका थिए। खेलको ५९ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठ गोल गर्न चुकेका थिए। त्यसपछि नवयुग, टेकबहादुर दीप लामाले आर्मीका लागि केही सुनौलो अवसर गुमाए।

चर्च ब्वाइजका प्रशिक्षक रुविन राईले सुरुमा राम्रो खेल प्रदर्शन गरे पनि त्यसलाई कायम राख्न नगरेको बताए। आर्मीका प्रशिक्षक नवीन पाण्डेले दबाबमा गोल खायौं, तर बराबरी गोल गरेसँगै आफ्ना खेलाडीको मिहिनेत र परिश्रमका कारण खेलमा सुधार भएको बताए।

पूर्वकै प्रतिष्ठित क्लब दुहबीको एलेभन एरोजले स्वर्ण जयन्तीको अवसरमा यो प्रतियोगिता गरेको हो। स्पर्धा मंसिर १८ सम्म चल्नेछ।

आइतबार आयोजक एलेभन एरोज र मनाङ मर्स्याङ्दी काठमाडौंबीच खेल हुनेछ। विजेताले ३ लाख १ हजार १ सय ११ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्।

प्रकाशित: १२ मंसिर २०७३ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App