एनआरएनए नवौं विश्व सम्मेलनः प्रतिनिधिहरु काठमाडौं आउनेक्रम सुरु

बुधबार, २२ असोज २०७६, १४ : ५२ नागरिक

काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको छ। एनआरएनएका सचिव जानकी गुरुङले ५० भन्दाबढि देशका प्रतिनिधिहरु नवौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं आइसकेको जानकारी दिए।

एनआरएनएको सो सम्मेलन यही असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ। ५५ देशका करिव २२ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने पनि एनआरएनएको अनुमान छ। भोलि (बिहीबार)बाट सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम सुरु हुने पनि सचिव गुरुङले बताए। उनले २७ गतेसम्म सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ताको काम सकिने पनि जानकारी दिए। असोज २८ गते मंगलबार राजधानीको पाँचतारे होटल हायात रिजेन्सीमा प्रधानमन्त्री ओलीले सो सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ। ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको पनि एनआरएनले जनाएको छ। एनआरएनएले सो सम्मेलनमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ। सचिव गुरुङले सम्मेलन व्यवस्थित ढंगले आयोजना गर्न लागिएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आह्वान गरेका हुन्।

हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ। यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन।





यसमा तपाईको मत

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad