१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सतीघाटमा फेरी निर्माण हुने

भोजपुर – षडानन्द नगरपालिकाको सतीघाटमा फेरी निर्माण हुने भएको छ।  नगरपालिकाको  एक करोड ३५ लाख रूपैयाँ तथा प्रदेश र केन्द्र सरकारको ६८ लाख रूपैयाँ गरी करीब   दुई करोड रूपैयाँ लागतमा फेरी निर्माणको काम शुरु भएको हो। उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने यो मुख्य सडक खण्ड  हो।

सडक निर्माण भए पनि नदी तर्ने कुनै माध्यम नहुँदा स्थानीयवासीलाई आवतजावत तथा सामान ढुवानीमा समस्या  हुँदै आएको छ। सो स्थानमा सवारी साधन तार्नका लागि फेरी लगाउने कामको प्रक्रिया अगाडि बढेपछि स्थानीयवासी खुशी भएका छन्। पुल बनाउन ठूलो खर्च तथा लामो समय लाग्ने भएको हुँदा तत्कालका लागि स्थानीयवासीलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फेरी निर्माण  गर्न लागिएको नगरपालिकाले जनाएको छ।

फेरी निर्माण भएपछि सामान ढुवानी गर्न तथा सङ्खुवासभालगायत अन्य जिल्लासंँग सम्पर्क गर्न यातायातबाट सहज पहुँच हुने नगरपालिकाले जनाएको छ। नगरप्रमुख वीरबल राईले भने, 'पुल नहुँदा यहाँका सर्वसाधारणले वर्षौँदेखि कष्टकर जीवन बिताउँदै आएका छन्, पुल निर्माण गर्न धेरै समय र लागत लाग्ने भएकोले तत्काललाई फेरी निर्माणको काम अघि बढाएका हौँ।'

नगरपालिकालाई अन्य जिल्लासंँग जोड्ने यो सबैभन्दा छोटो मार्ग हो। मानिस तथा मोटरसाइकल झोलुङ्गे पुलबाट आवतजावत गरे पनि त्यसबाहेकका सम्पूर्ण सवारी साधन अरुणको किनारामा बस्न बाध्य छन्। सोका कारण सामान ढुवानी तथा अशक्त वृद्धवृद्धालाई ज्यादै समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ। स्थानीयवासी श्याम कार्कीले भने, ‘'यो नदीमा पुल नहुँदा हामीले निकै सास्ती भोग्नुपरेको छ, दीर्घकालीन नभए पनि तत्काललाई फेरी निर्माणको काम शुरु भएको छ, हामी निकै खुशी छौँ।'

फेरी निर्माणको काम समयमा सकिए नगरपालिकाको विकासमा टेवा पुग्ने स्थानीय नागरिकले बताएका छन्।  सङ्खुवसभाबाट झोलुङ्गे पुलबाट सामान तार्न सामग्री हेरी क प्रतिकेजी रु ५ देखि १० सम्म तिर्नुपर्ने स्थानीयवासी गणेश लम्सालले बताए। लम्सालले भने, ‘हामीलाई निकै सास्ती छ, मानिसलाई सामग्री बोकाउनपर्ने अवस्था छ, महँगो शुल्क तिरेर ढुवानी गर्दा हामी निकै मारमा  छौँ।रासस

प्रकाशित: २२ आश्विन २०७६ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App