१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्यटक भित्र्याउने माध्यम बन्न सक्छ गढीमाई मेला

बारा - पर्यटन वर्ष सन् २०२० को लागि सरकारले पहिचान गरेका  देशका सय गन्तव्य भित्र पर्न सफल भएको बरियारपुर स्थित गढीमाई मन्दिरमा लाग्ने पाँच वर्षीय मेला धार्मिक पर्यटक भित्रियाउने ठुलो माध्यम बन्ने देखिएको छ।

विश्वमै सबै भन्दा बढी एकै साथ पशु बली दिने गढीमाईको पाँच बर्षिय मेला आउने मंसिर १ देखि एक महिनासम्म  लाग्ने र मेलामा नेपाल, भारत लगायत तेश्रो मुलुकबाट ६० लाख हिन्दु श्रद्धालुहरु दर्शन गर्न आउने विश्वास गरिएको छ।

पाँच वर्षीय मेलालाई भब्य र सर्वव्यापि बनाउनको लागि असोज १२ गते दशैको घटस्थापनाको दिन निकालिने शोभा यात्रा कार्यक्रमको राष्ट्रपति बिद्या देवी भण्डारीले फोन मार्फत सम्बोधन गरि समेत उदघाटन गरेकी थिइन्।

मौसम खराबीले शोभा यात्रा कार्यक्रममा उपस्थित हुन नसके टेलिफोनमार्फत कार्यक्रमलाई सम्बोधन गर्दै गढीमाई मन्दिरको उचित संरक्षण एवम सम्वद्धण गर्दा यसले देशको पर्यटन क्षेत्रमा ठुलो मद्दत गर्ने विश्वय व्यक्त गरिन्।

केही दिन पहिला मात्रै नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले गढीमाई  मन्दिरलमा महागढिमाई नगरपालिका १ बरियारपुरमा केही दिन पहिला गढीमाई पञ्चवर्षीय मेला व्यवस्थापन मुल समितिको कार्यालय समुद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ डाक्टर देउवाले धार्मिक कार्यक्रममा लाखौ श्रद्धालुहरु एकैचोटी भेला हुने अवस्थालाई कुम्भ भन्ने गरिएको र गढीमाई मेलामा पनि लाखौ श्रद्धालुहरु आउने गरेकोले गढीमाईको मेला नेपालको कुम्भको संज्ञया दिइन्।

‘यस बर्ष लाग्ने गढीमाईको मेलामा ६० लाख श्रद्धालु आउने विश्वास गरिएको छ,’ महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले भने, ‘मेला हेर्न आउने श्रद्धालुहरु मध्ये ६० प्रतिशतले ४० लाखको हाराहारीमा भारतीय धार्मिक पर्यटकहरु रहने छन्।’

पाँच बर्ष अघि लागेको गढिमाईको मेलामा ४५ लाख जति श्रद्धालुहरु आएको र त्यसमा ३० लाख जति भारतीय रहेको यादवले दावी गरे।

मेलामा आउने लाखौ धार्मिक पर्यटक तथा श्रद्धालुहरुलाई राहत दिनको  लागि ३ महिना पहिला देखि पहिलो चरणको कामहरु सुुरु भएको उनले बताए।

मेलाको बारेमा भारतको धेरै जनसंख्या भएको राज्यहरु बिहार, उत्तर प्रदेश, पश्चिम बंगालको बिभिन्न भागहरुमा  गढीमाई मेला महत्वको बारेमा प्रचार प्रसार गर्दा ६० लाख भन्दा पनि श्रद्धालुहरु आउन सकिने अवस्था रहेको  यादवका भनाइ छ।

गढिमाई मेलाको बारेमा भारतमा गएर प्रचार गर्दा बढी भन्दा बढी भारतीय धार्मिक पर्यटकहरु मेला हेर्नको लागि नेपाल आउने र नेपाल आएका धार्मिक पर्यटकहरुलाई देशका अन्य भागमा रहेका धार्मिक,ऐतिहासीक तथा पर्यटकिय स्थानहरुसम्म लैजानको लागि संघीय सरकारले अहिले देखि नै त्यसमा लाग्नु पर्ने सुझाव यादवले दिए।

संघीय सरकारले पर्यटक सुचना केन्द्र स्थापन गर्न देखि लिएर देशको अन्य भागहरुमा जाने सवारी साधनहरुको सहज उपल्बध गराउदा गढीमाई मेलाले देशको पर्यटन क्षेत्रलाई ठुलो फाइदा पु¥याउन सकिने सम्भावन रहेको यादवले बताए।

२०७१ सालको मंसिर महिनामा लागेको पाँच वर्षीय गढिमाईको मेलामा लगभग ८० हजार जति पशुबलि दिइएको गढीमाई मन्दिरका पुजारीले बताएका छन।

मेलामा आउने भारतीय धार्मिक पर्यटकहरुलाई देशको बिभिन्न भागहरुमा रहेका पर्यटकिय स्थलहरु घुम्न जानको लागि प्रेरित गर्दा यसबाट पर्यटन क्षेत्रलाई ठुलो फाइदा पुग्ने महागढिमाई नगर प्रमुख यादवको भनाइ छ।

सरकराले पर्यटकहरुलाई नेपाल भित्रियाउनको लागि बिभिन्न कार्यक्रम गरि रहेको बेलामा मेलालाई हेर्न आउने धार्मिक पर्यटकहरुलाई  देशको बिभिन्न भागमा घुमाउनको लागि बिशेष पैकेजका कार्यक्रमहरु लागू गर्न जरुरी रहेको यादवले बताए।

अहिले महागढिमाई नगरपालिकाले मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु तथा धार्मिक पर्यटकहरुलाई लोभ्याउनको लागि पोखरी मुनी भूमिगत सिस महल र माथि सूर्य मन्दिर रहेको छ।

प्रकाशित: २१ आश्विन २०७६ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App