१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खसीबोकाकाे आयात ५० प्रतिशतले घट्यो

फाइल तस्बिर:नागिरक

नवलपरासी – विगतका वर्षहरुको तुलनामा भारतबाट यस वर्ष नेपालमा खसीबोका भित्रिने क्रम निकै घटेको पाइएको छ। नेपाली उत्पादनले राम्रो बजार पाएपछि भारतबाट नेपालमा भित्रिने खसीबोका वार्षिक दरमा यस वर्ष करीब ५० प्रतिशतले कमी आएको हो।

पशु सेवा विभागका अनुसार भारतबाट मात्रै वार्षिक रुपमा करीब चारदेखि पाँच लाख खसीबोका नेपाल भित्रिने अघिल्लो वर्षसम्मको तथ्याङ्क छ। तर यस वर्ष सो सङ्ख्यामा ५० प्रतिशतभन्दा बढी कमी आएको छ। यस वर्ष हालसम्म करिब २ लाख ३५ हजार खसीबोका भित्रिएको तथ्याङ्क रहेको विभागले जनाएको छ। जुन यो वर्षभरिको तथ्याङ्क हो ।

भारतबाट आयात हुने खसीबोकाको भन्सार दरसमेत वृद्धि हुनु, स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य हुनुलगायत कारणले भारतबाट नेपालमा हुने आयातमा कमी आएको विभागका सूचना अधिकारी डा चन्द्र ढकाल बताउछन्।

नेपालमा वार्षिक एक करोड २० लाख खसीबोका र बाख्रा उत्पादन हुने गर्दछ। जसमध्ये करीब ५० प्रतिशतको हाराहारीमा खसीबोका उत्पादन हुने तथ्याङ्क रहेको कार्यालयले जनाएको छ।

यसैगरी डोल्पा, मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले पनि राम्रो बजार पाएका छन्। सो क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले काठमाडाैं, पोखरा लगायत नेपालका विभिन्न ठाउँमा राम्रो बजार पाएको पशु सेवा विभागले जनाएको छ।

स्वदेशी खसीबोका र च्याङ्ग्राले यस वर्ष राम्रो मूल्य पाएपछि किसानसमेत उत्साही भएको पशु सेवा विभागले जनाएको छ। जसले गर्दा अब खसीबोका उत्पादनमा नेपाली बजार सक्षम बन्न सक्ने विभागका सूचना अधिकारी डा ढकाल बताउछन्।

यस वर्ष दशैँ पर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरेर नेपालमा खसीबोका भित्रिने सङ्ख्या पनि निकै कम छ। दशैँ पर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरी खसीबोका भित्रिने क्रम अघिल्लो वर्षको तुलनामा यस वर्ष निकै कम रहेको पशु सेवा विभागले जनाएको छ।रासस

प्रकाशित: २० आश्विन २०७६ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App