१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली झापामा

फाइल तस्बिर:नागिरक

भद्रपुर – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् ।

आज बिहान झापा आएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आफैँले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन उनी झापा आइपुगेका हुन्।  भद्रपुर विमानस्थल आइपुग्दा पार्टी नेता तथा सरकारी अधिकारीले उनलाई स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीले बर्सेनी दशैँ, तिहार र छठ पर्वका अवसरमा विगत २५ वर्षदेखि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका छन्। कार्यक्रममा प्रदेश नं १ सरकारका उच्चपदाधिकारी र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए। प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए।रासस

प्रकाशित: २० आश्विन २०७६ १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App