१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अर्घाखांचीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

अर्घाखांची - अर्घाखांचीको नरपानीमा जीप दुर्घटना हुंदा तिनजनाको ज्यान गएको छ ।

सोही दुर्घटनामा परि ६ जना घाइते भएका छन् । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखांचीको सन्धिखर्क जांदै गरेको लु. १ ज ४३२९ नम्बर को स्कार्पियो जीप सन्धिखर्क नगरपालिका वडा नंं ६ घुम्ति नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा एक महिला र दुईजना पुरुष रहेको  रहेका छन्। उनिहरुको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । जीप ओरालो सडकमा अनियन्त्रित भई सडकदेखि साढे तिनसय मिटर तल खसेको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी जीपका चालक कपिलवस्तु बुद्धभूमीका विरेन्द्र श्रेष्ठ पनि घाइते भएका छन् । अहिले दुर्घटनाका घाइतेहरुको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २० आश्विन २०७६ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App