१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नौबिसे–नागढुङ्गा सडक अष्टमीका दिन मर्मत गरिने

चितवन – उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ।

असोजको पहिलो साता तीन दिन दैनिक एक घण्टा एकतर्फी सवारी रोकेर मर्मतसम्भार गर्दा पाँच दिनसम्म सडक प्रभावित बनेको थियो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सवारी रोकेर कालोपत्रे दबेको ठाउँमा भरेर कालोपत्रे गरिँदै छ। यसअघि अन्य क्षेत्रमा मर्मतसम्भार भइसकेको उनले बताए। वर्षभरिमा सबैभन्दा कम सवारी चाप दशैँका दिनमा हुने अनुमान गर्दै अष्टमीका दिन काम गर्न लागिएको हो।

सवारी चाप बढी भएर यात्रुलाई मर्का पर्ने अवस्था आएमा भने काम रोकिने छ। अधिकारीले यात्रुलाई प्रभावित नपार्ने गरी दबेको सडक मर्मत गर्न लागिएको बताए। निकै दिनको प्रयास पछि मजदूरको व्यवस्थापन गरिएको उनले बताए। सो सडकखण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडकखण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडाैंले हेर्ने गर्दछ।

अधिकारीले सो सडकखण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताए। सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उनकाे छ।

अन्य समयमा १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताउछन्। सो क्षेत्रमा छदेखि सात मिटरमात्र सडक चौडा छ। सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन्। सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन्। यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारीको भनाइ छ।(रासस)

प्रकाशित: १८ आश्विन २०७६ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App