१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोजगारी दिने भन्दै विपन्न वस्तीबाट तीन बस भरेर मान्छे ल्याउने पक्राउ

काठमाण्डौको ईटा भट्टामा रोजगारी दिने भन्दै मुगुबाट काठमाण्डौ लैजान बसमा बसिरहेका दलित किशोर । तस्बिरः सुमन मल्ल

सुमन मल्ल–मुगु–काठमाण्डौंको एक ईटा भट्टामा रोजगारी उपलब्ध गराईदिने भन्दै मुगुका विभिन्न दलित बस्तीबाट सयौं युवा युवती र बालबालिकालाई बसमा लैजाने तयारी गरिरहेका दुईजनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ्ग बिजौरी ८ घर भएका पुरन पुन मगर र सेरी ८ मुगुकी ममता घर्तीलाई गमगढीस्थित नयाँ सडकमा रहेको बसको काउण्टरमा १ सय २० जनालाई टिकटको व्यवस्था गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मुगुदेखि काठमाण्डौंसम्म तीनवटा बस प्रति बस १ लाख ४५ हजारका दरले रिर्जभ गरि महिला बालबालिका र केही युवा गरि १ सय २० भन्दाबढिलाई काठमाण्डौं ल्याउने तयारी गरिरहेका दुबै जनामाथि शंका मानेर सर्वसाधारणले प्रहरी प्रशासनलाई खबर गरेपछि प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बोलाएको थियो । प्रारम्भिक सोधपुछमा शंका देखिए पछि दुबै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

उनीहरुले सदरमुकाम नजिकका रुगा, रोवा, श्रीनगर र पिना गाविसका विभिन्न दलित बस्तीमा गएर उनीहरुलाई प्रलोभनमा पारेर काठमाण्डौं ल्याउन लागिएको थियो। ईटा भट्टामा रोजगार दिने र उनका बालबालिकालाई नजिकको विद्यालयमा पढ्ने व्यवस्था मिलाईदिने उनीहरुले प्रलोभन दिएका थिए।

महिलालाई ईटा बोक्ने काममा लगाउने, यसरी काम गर्दा प्रति ईटा ३३ पैसा दिने र तिनका बालबालिकालाई मासिक दुई सय तिरेर निजी विद्यालयमा पढाउने भनेपछि घर परिवार बालबालिकासहित काठमाण्डौं जान खोजेकको रोवा गाविस वडा नम्बर ९ कम्फा गाउँका गयालाल नेपालीले बताए । ‘राम्रो विद्यालयमा पढाईदिन्छु भनेपछि छोरालाई पठाउन खोजेको हुँ, ईटा भट्टामा काम गर्न भनेर पठाउन खोजेको होईन’ कार्कीवाडा गाविस वडा नम्बर ७ का भादुर नेपालीले भने ।

यसरी काठमाण्डौ ल्याउन खोजिएका मध्य अधिकांश १२ देखि १५ वर्षसम्मका बाल बालिका छन् । प्रहरीले सबै स्थानीयवासीलाई घर फर्काएको बताएको छ । यर्थातता बुझन पुन मगर र घर्तिलाई प्रहरी अनुसन्धानमा राखिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी दिए ।

प्रकाशित: ११ मंसिर २०७३ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App