मासु: कस्तो, कति खाने ?

शुक्रबार, १७ असोज २०७६, ०७ : ३५ नागरिक

डा. किरण पाण्डे

दसैं रौनक सुरु भइसकेको छ। यस अवसरमा हामी नेपाली विभिन्न परिकार तयार गरी परिवार र इष्टमित्रसँग रमाइलो गर्ने गर्छाैं। दसैंमा विशेष गरी मासु मुख्य परिकार बन्छ। मासु नेपालीको एक प्रमुख खाद्य पदार्थ हो। दक्षिण एसियाली राष्ट्रहरूमध्ये मासु खपत गर्ने मुलुकमा नेपाल अग्रपंक्तिमा रहेको तथ्याकंले देखाउँछ। अझ दशैंका बेला त मासु अनिवार्यजस्तै हुन्छ। यसबेला मासुको माग अरू समयको तुलनामा झन्डै दोब्बर हुने विभिन्न तथ्याकंले देखाउँछन्।
मासु किन खाने ?

सन्तुलित आहाराको एक महत्वपूर्ण तत्व हो– मासु। हुन त मासुबिना पनि सन्तुलित भोजन बन्छ। तर मासुका आफ्नै गुण छन्। विशेषतः मासुमा प्रोटिन, भिटामिन बि–१२ तथा फलामको मात्रा उच्च हुन्छ। हाम्रो शरीरले अन्य खानेकुराभन्दा मासुमा रहेको फलाम बढी सोस्न सक्छ अर्थात् मासुमा हुने फलाम मानव शरीरलाई बढी उपलब्ध हुन्छ। रक्तअल्पता भएका मानिसलाई रातो मासु उत्तम खुराक हो। कुपोषण, पुड्कोपना तथा खाद्य असुरक्षाजस्ता समस्या शीघ्र समाधान गर्ने उपाय पनि मासुको उपभोग हो। सबैले बुझ्ने भाषामा भन्दा शरीरलाई तन्दुरुस्त राख्न मासुले निकै महत्वपूर्ण सहयोग गर्छ। देशको सामाजिक–आर्थिक विकास तथा गरिबी निवारणका लागि पशुपालन महत्वपूर्ण व्यवसाय बनेको छ र यसको प्रवद्र्धन गर्न मासु तथा मासुजन्य उत्पादनको प्रयोग वृद्धि अत्यावश्यक छ।

धेरै खायो भने चिनी पनि तीतो हुन्छ भनेजस्तै मासुको जथाभावी उपभोगले विभिन्न समस्या निम्त्याउन सक्ने हुँदा सन्तुलित रूपमा खानुपर्छ।

मासु कति खाने?
धेरै खायो भने चिनी पनि तीतो हुन्छ भनेजस्तै मासुको जथाभावी उपभोगले विभिन्न समस्या निम्त्याउन सक्ने हुँदा सन्तुलित रूपमा खानुपर्छ। आफ्नो खानामा दैनिक रूपमा मासु समावेश गर्दा यसले बढी फाइदा दिन सक्छ। कृषि तथा खाद्य संगठनले नेपालीलाई वर्षभरिमा न्यूनतम १४ किलोग्राम मासु चाहिने जनाएको छ। यसअनुसार हरेक दिन करिब ४० ग्राम मासु खानामा हुनुपर्छ।

कस्तो मासु खाने ?
निःसन्देह हामीले खाने मासु स्वच्छ र स्वस्थ हुनु पर्छ। मानिसमा लाग्ने रोगहरूमध्ये ६० प्रतिशत जुनोटिक हुन्छन्। जुनोटिक भन्नाले पशुपन्छीबाट मानिस र मानिसबाट पशुपन्छीमा सर्ने रोग हो। क्षयरोग, रेबिज, साल्मोनेलोसिस, ब्रुसेलोसिस, फित्ते जुकाजस्ता रोगहरू मासुबाट सर्ने जुनोटिक रोग हुन्। राम्रोसँग पकाएर खाँदा यी रोगका किटाणु नष्ट हुने भए पनि काँचो मासुसँग सम्पर्क हुँदा यी रोग सर्न सक्छन्। मासु नाशवान उत्पादन भएकाले सामान्य तापक्रकममा पनि यसको गुणस्तर छिट्टै बिग्रिन्छ।

सामान्य वातावरणीय तापक्रममा मासुमा विभिन्न जीवाणु उत्पन्न हुन जान्छन् र तिनले विभिन्न विषाक्त तत्व उत्पादन गर्छन्। जसका कारण मासु विषाक्त हुन गई हामीलाई ‘फुड पोइजनिङ‘ हुन जान्छ। यसबाहेक अस्वस्थ मासुबाट हामीले न्यून मात्रामा मात्रै पौष्टिक तत्व पाउन सक्छौं। पशुमा प्रयोग हुने एन्टिबायोटिकलगायत अन्य औषधिका अवशेष नष्ट हुने समयको पालना व्यवसायीले नगर्दा त्यस्ता औषधि मासुमार्फत मानव शरीरमा प्रवेश गर्छन्। समयक्रमसँगै त्यस्ता औषधिप्रति जीवाणुहरूले सहन क्षमता विकास गर्छन्। जसले गर्दा मानिसमा ती औषधि प्रभावहीन हुन जान्छन्। यो समस्या अहिलेको प्रमुख हो र यसका कारण बर्सेनि लाखौं मानिसले ज्यान गुमाउनुपरेको छ। यस्तै फर्मालिनमा संरक्षण गरी राखिएका माछा खाँदा क्यान्सरलगायत रोग लाग्न सक्ने विभिन्न अनुसन्धानले देखाएका छन्।

यी रोगहरूबाट बच्न मासु वा खसी खरिद गर्दा ध्यान दिनुपर्छ। वधस्थल सफा रहेको, मासु चिस्यानका लागि व्यवस्था भएको, प्राविधिकबाट परीक्षण गरिएका पशुहरू वध गर्ने, सफासुग्घर र स्वस्थ कर्मचारी रहेको, झिँगालगायत किराहरू रोकथाम उपाय अपनाइएको, पशु वध गर्दा निस्किने फोहोर व्यवस्थापन भएको, मापदण्डअनुसारको पानी प्रयोग गरिएको, मासु काट्न उच्च गुणस्तरका खुकुरी, अचानोलगायत सामाग्री प्रयोग गर्ने र उपभोक्ताप्रति जिम्मेवार बिक्रेताबाट मासु खरिद गर्दा स्वच्छ मासु पाइने सम्भावना बढी रहन्छ। सकेसम्म मासु पसलबाटै मासु खरिद गर्नुपर्छ, तर तपाईं खसी वा अन्य पशु किनेर घरमा वा टोलमै वध गर्ने सोच बनाउँदै हुनुहुन्छ भने पशु खरिद गर्दा ध्यान दिनुपर्छ। रोग नलागेको, हृष्टपुष्ट, चनाखो, नाक ओसिलो भएका पशु छनोट गर्नुपर्छ। सक्नुहुन्छ भने पशु चिकित्सक वा प्राविधिकहरूबाट परीक्षण भएका पशु खरिद गर्दा ढुक्क हुने अवस्था रहन्छ।

आफूले खाइरहेको मासुको स्रोत (पशुपन्छी उत्पादन स्थान, उत्पादन प्रक्रिया, रोगको इतिहास इत्यादि) थाहा पाउन सके त्यो सबैभन्दा उत्कृष्ट हुन्छ। माछा किन्दा सकेसम्म जिउँदो किन्ने वा जिउँदो नपाइए फ्रोजन गरिएको किन्नुपर्छ।

स्वच्छ र स्वस्थ मासु उत्पादनमा सरकारी प्रयास
२०७२ सालमा जारी नेपालको संविधानले नेपाली जनताको मौलिक हकहरूमा स्वास्थ्यसम्बन्धी हक, खाद्यसम्बन्धी हक तथा उपभोक्ता हक व्यवस्था गर्नुले नेपाल सरकार जनस्वास्थ्यका विषयमा सधैं गम्भीर रहेको देखाउँछ। विं. सं. २०२३ मा खाद्य ऐन तथा २०२७ मा यसको नियमावली जारी भएको थियो। २१ वर्षअघि २०५५ सालमा सरकारले पशु वधशाला तथा मासु जाचँ ऐन तथा २०५७ मा यसको नियमावली जारी गरी नागरिकलाई स्वस्थ मासु उपलब्ध गराउन प्रयास गरेको थियो। तर दुर्भाग्य ! यो ऐन विभिन्न कारण पूर्ण रूपमा लागू हुन सकेको छैन। यस्तै ‘मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा बिक्री वितरणसम्बन्धी निर्देशिका २०६४’ जारी गरी मासु व्यवसाय सुदृढ गर्ने प्रयास भइरहेको छ।

हालै राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६ जारी भएको छ। पशु सेवा विभागले पशु वधस्थल सुधार, पसल सुधार, जनचेतना, असल उत्पादन अभ्यासलगायत कार्यक्रमहरू सञ्चालन गरी स्वस्थ मासु उत्पादनका क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको छ। यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मासुको गुणस्तर परीक्षण गर्ने गरेको छ। वाणिज्य विभाग, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित रूपमा बजार अनुगमन गरी जनतालाई स्वस्थ मासु उपलब्ध गराउने वातावरण बनाइरहेका छन्। संघीय शासन प्रणालीमा गइसकेपछि नेपाल सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ तर्जुमा गरी बजार अनुगमनको जिम्मेवारी प्रदेश र स्थानीय तहको कार्यक्षेत्रअन्तर्गत राखेको छ र अब बजार अनुगमन थप प्रभावकारी हुने विश्वास गर्न सकिन्छ।

स्वस्थ उत्पादन बजारमा उपलब्ध गराउन सरकार, सहकारी र निजी क्षेत्र संयुक्त रूपमा लाग्नुपर्छ। यसमा सबैभन्दा महत्वपूर्ण भूमिका उपभोक्ताको रहन्छ। स्वस्थ उत्पादनलाई प्राथमिकता दिनु र कहीं–कतै गडबड भएको शंका लागेमा सम्बन्धित निकायमा समयमै खबर गर्नु उपभोक्ताको जिम्मेवारी हो। यसैले उपभोक्ताको हक स्थापना गर्छ। उपभोक्ता हित संरक्षण मञ्चलगायत संस्थाहरूले यस सम्बन्धमा वकालत गरी व्यापक जनचेतना जगाउनुपर्छ। स्वस्थ मासुलगायत अन्य पशुजन्य उत्पादन प्रयोगबाट निरोगी रही दशैंलगायत पर्वहरू भव्य रूपमा ढुक्कसँग मनाऔं।  
पशु सेवा विभागमा पशु विकास अधिकृत








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad