१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कार्यक्रममा भाग लिन अर्थमन्त्री भारत प्रस्थान

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) मा भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्।

सो कार्यक्रममा अर्थमन्त्री खतिवडाले दक्षिण एसियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताको रुपमा सम्बोधन गर्नेछन्। उनले नेपालको विकास एजेन्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतक विषयमा सहभागीलाई जानकारी गराउनेछन्।

कार्यक्रमका बेला उनले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेन्डसँग द्विपक्षीय भेटघाट गर्ने उनको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

भ्रमणका अवसरमा अर्थमन्त्री खतिवडा र भारतीय समकक्षी अर्थमन्त्री निर्मला सिथारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने छ। उनीहरु बीच पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुनेछ। उनी असोज १८ गते स्वदेश फर्कनेछन्।

प्रकाशित: १७ आश्विन २०७६ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App