१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

लेखक राष्ट्रपति

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले १५ वटा पुस्तक लेखेका छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। सन् १९८७ मा ‘द आर्ट अफ डिल’ पुस्तक बजारमा आएयता उनका थप १४ वटा पुस्तक बजारमा आइसकेका छन्। त्यसो त उनी आफैँले लेख्ने होइन। उनले नियुक्त गरेका पत्रकारहरुले उनका लागि लेखिदिन्छन्। यस कार्यमा सबैजसो नियन्त्रण ट्रम्पकै रहने गर्छ। अचम्मलाग्दो कुरा के छ भने उनले लेखेका ११ वटा पुस्तकबाट भने गत वर्ष एक हजार डलरभन्दा कम रोयल्टी प्राप्त गरे। ९ वटाले त झन् दुई सय डलरभन्दा कम रोयल्टी प्राप्त गरेका छन्।

चुनावमा उत्रनुअघि व्यक्तिगत वित्तीय खुलासा गर्दा आय रकम ठ्याक्कै यति हो भनेर तोक्नुपर्दैन तर यसले आम्दानी कति हजारदेखि कति हजारसम्म भएको थियो भन्ने एउटा दायरा भने खुलासा गर्नुपर्छ। गत वर्ष बजारमा आएको उनले लेखेको पुस्तक 'क्रिपल्ड अमेरिका'बाट ट्रम्पले १० देखि ५० लाख डलरसम्म आम्दानी गरेको दाबी उनले चुनावी अधिकारीहरूसमक्ष गरेका थिए।

ट्रम्पले धेरै ध्यान दिने विषयमा अन्तर्राष्ट्रिय व्यापार, आप्रबासन र वैदेशिक नीति छन्। उनका प्रकाशनहरूमा उनी सधैँ आप्रबासीविरुद्ध देखिएका छन्। त्यसैले पनि उनले चुनावी मुद्दामा पनि तिनै विषय समावेश गरेका होलान्। युद्ध र शान्तिको विषयमा उनी पुस्तकहरूमा राष्ट्रवादी देखिन्छन्। उनले संसारको खेलमा विश्वास गर्ने गरेका छन्।

सन् २००९ मा प्रकाशित भएको 'थिंक लाइक अ च्याम्पियन' ले ५० हजार डलरको हाराहारीमा आम्दानी गरेको छ। सन् २०११ मा प्रकाशित 'टाइम टु गेट टफ' ले अहिले पनि राम्रो व्यापार गरिरहेको छ। यसबाट गत वर्षहरुमा एक लाख देखि १० लाख अमेरिकी डलरसम्म रोयल्टी संकलन गरेको थियो।

ट्रम्पका अन्य पुस्तकहरू भने खासै बिक्री भएका छैनन्। सन् २००४ मा प्रकाशित 'दि वे टु दी टप' ले दुई सयदेखि एक हजार डलरको बीचमा मात्र आम्दानी गरेको थियो भने सोही वर्ष प्रकाशित ट्रम्पको अर्को पुस्तक 'हाउ टु गेट रिच' ले पाँच हजारदेखि एक हजार डलरको बीचमा आम्दानी गरेको थियो।

ट्रम्पका यी पुस्तकले दुई सय अमेरिकी डलरभन्दा धेरै कमाउन सकेनन्ः

• ट्रम्पः सर्भाइभिङ एट द टप (१९९०)

• द आर्ट अफ द कम ब्याक (१९९७)

• द अमेरिका वि डिजर्भ (२०००)

• थिङ्क लाइक अ बिलिनियर (२००४)

• द बेस्ट रियल इस्टेट एड्भाइस आई एभर रिसिभ्ड (२००५)

• ह्वाइ वि वान्ट यु टु बि रिच (२००६)

• ट्रम्प १०१ः द वे टु सक्सेस (२००७)

• थिंक बिग एन्ड किक एस इन बिजिनेस एन्ड लाइफ (२००७)

• नेभर गिभ अप (२००८)

३० वर्षअघि, सन् १९८७ मा पुस्तक लेखनमा ‘द आर्ट आफ द डिल’ले ५० हजारदेखि एक लाख अमेरिकी डलरसम्म रोयल्टी कमाइदिएको थियो। त्यसपछि यो पुस्तकका घोस्ट राइटर टोनी स्वार्ट्जले सनसनीखेज खुलासा गर्दै ट्रम्प आफैले सो पुस्तक नलेखेकाले आफूले पनि लेखनमा ‘क्रेडिट’ पाउनुपर्ने दाबी गरेका थिए।

पुस्तकलाई अति रुचाउने अमेरिकीमाझ पुस्तकप्रेमी राष्ट्रपति पाउनु त राम्रै कुरा होला तर उनले पटक पटक आफूले लेखेका पुस्तकहरु बेस्ट सेलर भएका भनेर गर्ने दाबीको भने कुनै सत्यता छैन। ट्रम्प आफ्ना कुरालाई कति ठूलो बनाउँछन् भने ‘आर्ट अफ डिल’ प्रकाशित हुने बेलामा भनेका थिए, ‘बाइबलपछि अंग्रेजी भाषामा लेखिएको सबैभन्दा गतिलो पुस्तक यही हो।’ उनी राष्ट्रपति चुनिएलगत्तै भने उनका पुस्तकहरूको खोजी संसारभर हुन थालेको छ। अमेरिकामै पनि पब्लिसर्स विक्लीले गर्ने साप्ताहिक सर्भेमा उनका पुस्तकको खोजी ह्वात्तै बढेको देखिएको छ।

ट्रम्पका कैयौँ किस्सामध्ये एउटा रोचक किस्साचाहिँ पत्रकार तिमोथी एल. ओ’ब्रायनसँग सम्बन्धित छ। ट्रम्पबारे आधिकारिक जीवनी लेख्न तिमोथी एल. ओब्रायन ट्रम्पकहाँ पुगेका थिए। तिमोथीले जसै जीवनी लेखिसिध्याए, ट्रम्पले पढिसकेपछि त्यसलाई रूचाएनन्। उनले पुस्तक प्रकाशन नगर्न उनलाई सचेत गरे। तिमोथीले मानेनन् र २००५ मा प्रकाशित गरे। आफ्नो सम्पत्ति कम आँकेको र कतिपय कुरा सत्य नभएको भन्दै ट्रम्पले लेखक तिमोथीमाथि पाँच अर्ब डलर बराबरको क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए तर पछि अदालतले ट्रम्पलाई नै हराइदियो।

के छन् ट्रम्पका पुस्तकमा?

नवनिर्वाचित यी धनाढ्य राष्ट्रपतिका लागि कसैलाई हरुवा भन्नु अपमान होइन र कसैलाई विजेता भन्नु प्रशंसा होइन। जित्ने र हार्नेबीचको विभाजन उनका लागि ठूलो सैद्धान्तिक महŒवपूर्ण कुरा हो। उनको गहिरो र बाँधिएको विश्वास जसमा संसार भनेको खेल हो, जसमा कसैले हार्‍यो भने मात्र अर्कोले जित्छ।

यो ट्रम्पको १२ वटा राजनीति र व्यापारका पुस्तक पढेपछि निस्किएको सारांश हो। भक्स नामक वेबसाइटका कर्मचारीले दुई महिना लगाएर ट्रम्पका पुस्तक पढेपछि यो निष्कर्षमा पुगेका हुन्। उनका पुस्तकहरुको धेरै अर्थ लगाउन खोज्नु मुर्खता भएको भक्स वेबसाइटका सञ्चालक बताउँछन्। उनीहरु ट्रम्पको अभियानजस्तो नभई निरन्तर रुपमा परस्परविरोधी हुन सक्छन्। यो विरोध एक अर्कासँग वा आफैभित्र पनि हुन सक्छ। उदाहरणका लागि सन् २०११ माप्रकाशित ‘टाइम टु गेट टफ’ को पेज नं. ६३ मा आउटसोर्स गरिने कम्पनीका लागि २० प्रतिशत कर लगाउनुपर्ने उल्लेख गरेका छन् भने दुई पानापछि पेज नं. ६५ मा यसलाई १५ प्रतिशत कर लगाउनुपर्ने उल्लेख गरेका छन्।

तर पुस्तकले ट्रम्पको स्वच्छ नभएको प्रतिष्ठामा भएको उतारचढाव पनि उल्लेख गरेको छ। उनले धेरै ध्यान दिने विषयमा अन्तर्राष्ट्रिय व्यापार, आप्रबासन र वैदेशिक नीति छन्। उनका प्रकाशनहरूमा उनी सधैँ आप्रबासीविरुद्ध देखिएका छन्। त्यसैले पनि उनले चुनावी मुद्दामा पनि तिनै विषय समावेश गरेका होलान्। युद्ध र शान्तिको विषयमा उनी पुस्तकहरूमा राष्ट्रवादी देखिन्छन्। उनले संसारको खेलमा विश्वास गर्ने गरेका छन्। न्युयोर्कको रियल इस्टेटका कुरा होऊन् वा ‘एप्रेन्टिस’ नामक टेलिभिजन रियालिटी सो, दुवैमा आप्रबासन र व्यापारमा उनको दृष्टिकोण छरपष्ट देखिन्छ।

एजेन्सीको सहयोगमा

प्रकाशित: ११ मंसिर २०७३ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App