१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चेपाङ बालबालिका पढ्ने विद्यालयलाई ९२ लाख

काठमाडौं – कुल विद्यार्थीमध्ये ५० प्रतिशतभन्दा बढी चेपाङ बालबालिका अध्ययन गर्ने मकवानपुरको श्रीप्रजा प्रगति आधारभूत विद्यालयलाई जापानले ९२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

विद्यालयलाई आर्थिक सहायता उपलब्ध गराउने सम्झौतामा काठमाडौंस्थित जापानी राजदूतावासका सहायक चिफ अफ मिसन युजो योसिकाले हस्ताक्षर गरेका छन्। उक्त विद्यालयको कक्षा कोठा निर्माणका लागि गरिने सहयोग हस्ताक्षर कार्यक्रममा मकवानपुरका कांग्रेस नेता तथा पूर्व गृह राज्यमन्त्री इन्द्र बानियाँ, चूडामणि कँडेल र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति थियो।

यस्तो सहयोगले विद्यालय शिक्षामा सुधार आउने दूतावासले जारी विज्ञप्तिमा उल्लेख छ। साथै सहयोगबाट दुई देशको आपसी सम्बनध विस्तार हुनेमा समेत दूतावासले अपेक्षा गरेको छ।

प्रकाशित: १६ आश्विन २०७६ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App