१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

३० महिला खेलाडीको छनोट

काठमाडौं- चौथो साफ च्याम्पियनसिप महिला फुटबलका लागि शुक्रबार ३० खेलाडीबन्द प्रशिक्षणलाई छनोट भएका छ। करिब एक महिनाअघि ७२ खेलाडीबाट बन्द प्रशिक्षण सुरु गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले मंगलबार ४२ खेलाडी छनोट गरेको थियो।

अब १० दिनपछि अन्तिम २० सदस्यीय खेलाडीको टुंगो लाग्ने महिला टोलीका प्रशिक्षक कुमार थापाले बताएका छन्।

साफ च्याम्पियनसिपमा तीनपटक फाइनल पुगेको नेपाल उपाधिविहीन भएर फर्किएको छ। भारतमा हुने चौथो संस्करणका लागि नेपालले तीन सातायता सातदोबाटोस्थित कृत्रिम घाँसे मैदानमा प्रशिक्षण गरिरहेको छ।

प्रशिक्षक थापाले टोलीको दुई मुख्य समस्याहटाउने प्रयासमा लागिरहेको बताए। 'हाम्रो महिला टोलीले उत्कृष्ट फुटबल खेल्न सक्छ। तर हामी दुई कुराले पछि परिरहेका छौं। पहिलो भारतसँग खेल्दा मनोवैज्ञानिक रूपमा कमजोर महसुस गर्नु र अर्को प्राविधिक कमजोरी सुधार गर्न नसक्नु हो,' प्रशिक्षक थापाले भने, 'समस्यालाई मैले सकारात्मक रूपमा लिएको छु। हामीले आफ्नो क्षमताप्रमाणित गर्न उपाधि जित्नुपर्छ। त्यसका लागि हामीले आत्मविश्वास साथ खेल्न र मिहिनेत गर्न जरुरी छ।'

बन्द प्रशिक्षण चलिरहँदा मैत्रीपूर्ण खेलको व्यवस्था भए टोलीमा अझै सुधार गर्न सकिने थापा बताउँछन्। उनले भने, 'महिला खेलाडीले प्रतियोगिता नै कम खेल्न पाउँछन्। हामीलाई मैत्री खेलको खाँचो छ। अहिले मेरो टोलीको क्षमता नै मैले मापन गर्न सकेको छैन।'

थापासँगै प्राविधिक निर्देशक चियाकी टाकिडा, एन्फा प्रशिक्षक सुनीलकृष्ण श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवाससहितको छनोट कमिटीले ३० खेलाडी छानेको हो।

भारत सिलगुढीमा पुस ११ बाटहुने प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले समूह चरणमा श्रीलंका, माल्दिभ्स र भुटानसँग प्रतिस्पर्धा गर्नेछ। उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ। साबिक विजेता भारतले समूह 'बी' अफगानिस्तान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

सन् २०१० मा बंगलादेशबाट सुरु महिला साफ फुटबलमा भारतले तीनै संस्करणमा उपाधि जितेको छ।

छनोट टोलीमा ४ गोलकिपर, १० रक्षक, ९ मिडफिल्डर र ७ स्ट्राइकर छनोट गरिएको छ।

टोलीमा नमिताकुमारी दली, गीता राना, पूनम जर्घामगर, घिमकुमारी गुरुङ, अमृता जैसी, हीराकुमारी भुजेल, सपना लामा, दीपा अधिकारी, सावित्रा भण्डारी, कृष्ण खत्री, अनिता बस्नेत,अञ्जली वाइबा, रेनुका नगरकोटी, निरु थापा, मनमाया लिम्बु, अन्जली सुब्बा, लक्ष्मीकुमारी पौडेल, दीपा राई, शर्मिला थापा, अन्जली रानामगर, मञ्जलीकुमारी योञ्जन, इन्दिरा राई, अनिता केसी, कविता धिमाल, नन्दकुमारी थापा, विमला बिक, सरु लिम्बु, मञ्जु गुरुङ, निर्मला बिक र रुपा रानामगर छानिएका छन्।

प्रकाशित: ११ मंसिर २०७३ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App