२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलाको छ सयले बढ्यो

काठमाडौँ- मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले वृद्धि भएको छ।   

छापावाला सुनको मूल्य प्रतितोला ६९ हजार ८ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। मङ्गलबार छापावाला सुन प्रतितोला ६९ हजार २ सय रुपैयामा खरीद बिक्री भएको थियो।    

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। मङ्गलबार तेजाबी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो।    

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। रासस

प्रकाशित: १५ आश्विन २०७६ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App