१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वसाधारणलाई जस्तै छानबिन होस् : कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारको आरोपमा सामान्य नागरिकसरह छानबिन गर्न सरकारसँग माग गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले कानुनको नजरमा सबै नागरिक बराबर हुने भन्दै सभामुख महरामाथि लागेको आरोपबारे कानुनबमोजिम छानबिन अघि बढाउन माग गरेको हो।

सभामुखजस्तो गरिमामय पदमा रहेका व्यक्तित्वमाथि गम्भीर प्रश्न उठेको कांग्रेसले बताएको छ। ‘कानुनको नजरमा सबै समान हुन्छन्,’ कांग्रेसले भनेको छ, ‘सबैले निर्दोष साबित हुने या दोषी ठहरिए कारबाही भोग्ने प्रक्रियामा राज्यले गम्भीर ढंगले पहलकदमी गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं।’

सत्तारूढ दलप्रति जनताको विश्वास गुम्दै गएको जनाउँदै कांग्रेसले त्यसकै आक्रोशमा बाँके र तनहुँका घटना भएको टिप्पणी गरेको छ। ‘बाँके सभापति किरण कोइरालामाथिको आक्रमण र तनहुँमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथिको आक्रमण प्रयास नवमण्डले चरित्रको प्रकट स्वरूप हो,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबीचमा फरक विचार प्रस्तुत गरेकै आधारमा चितवनमा एक युवामाथि गरिएको सांघातिक हमला पनि निन्दनीय छ।’ यसैबीच कांग्रेसले असोज २६ दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा चियापना गर्ने निर्णय गरेको छ।

प्रकाशित: १५ आश्विन २०७६ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App