१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सरोकार समिति गठन

खोटाङ – ६ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको काम अघि बढिरहेका बेला खोटाङ र ओखलढुंगाका प्रभावित क्षेत्रका स्थानीयले दोस्रो सरोकार तथा सहयोग समिति गठन गरेका छन्।

रमेश पौडेलको अध्यक्षतामा दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना सहयोग तथा सरोकार समिति गठन गरेर जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको दुई हप्ता नबित्दै पुनः फटिककुमार श्रेष्ठको संयोजकत्वमा उही नाम र आसयको सरोकार तथा सहयोग समिति गठन गरिएको हो।

खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सीमामा पर्ने जलविद्युत् आयोजनाको कामलाई चाँडो सुचारु गराउन तथा सम्पन्न गराउन सहयोग र सहजीकरण गर्ने भन्दै खोटाङ र ओखलढुंगाका प्रभावित र अति प्रभावित क्षेत्रका स्थानीयको भेलाले श्रेष्ठको संयोजकत्वमा सरोकार समिति निर्माण गरिएको हो। दूधकोसीको किनारमा पर्ने रभुँवामा बिहीबारको भेलाले श्रेष्ठको संयोजकत्वमा ६१ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

सोलुखुम्बु र खोटाङकै ऐसुलुखर्कका प्रभावित स्थानीयको उपस्थिति नभएकाले अर्को पटकको भेलाबाट पूर्णता दिनेगरी तदर्थ समिति गठन गरिएको संयोजक श्रेष्ठले बताए। तदर्थ समितिले विद्यानको मस्यौदा तयार पार्ने र केही समयपछि बृहत भेला गरेर सहयोग तथा सरोकार समितिलाई पूर्णता दिने जनाएको छ। ‘पहिलाको समिति काठ्माण्डौं बसेर बनाइयो, वास्तविक प्रभावित व्यक्तीलाई समेटिएन भन्ने जनगुनासो पनि सुनिएको छ,’ श्रेष्ठले भने, ‘यो समितिले हाइड्रोपावरको कामलाई सफल बनाउनका लागि सहयोग र सहजीकरणको काम गर्छ। प्रभावितको हकहितको विषयमा आवाज उठाउँछ। र, पुरानो समितिसँग छलफल गरेर एउटै समिति बनाउनका लागि पनि पहल गर्ने छ।’

दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको कामलाई चाँडो सम्पन्न गराउनका लागि सहजीकरण गर्दै प्रभावित क्षेत्रका स्थानीयको हक अधिकारको सुनिश्चित गर्न र सामाजिक विकासमा साझेदारी गर्ने लक्ष्यका साथ गठन गरेको केही समयपछि पौडेल संयोजकत्वको सरोकार समिति गत भदौ २६ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा दर्ता गरिएको थियो। एउटै आयोजनाका लागि उस्तै नाम र उद्धेश्य बोकेको दुई वटा सरोकार समिति गठनमा भने स्वार्थ बाझिएको स्थानीय बताउँछन्। राजनैतिकरुपमा अभिप्रेरित भएर गठन गरिएको विभिन्न सरोकार समितिले भविष्यमा आयोजनालाई सहयोगभन्दा असहयोग पुग्ने आशंका गर्न थालिएको छ।

प्रकाशित: १४ आश्विन २०७६ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App