१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नुपर्ने : प्रवक्ता श्रेष्ठ

चौतारा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले जनताले प्रत्यक्ष महसुस गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।    
     
नेकपा जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा विजयादशमी तथा दिपावलीको उपलक्ष्यमा यहाँ आज आयोजित कार्यक्रममा उनले पार्टी समाजवाद उन्मुख समावेशी लोकतन्त्रको चरणमा रहेको उल्लेख गर्दै नेकपालाई एउटा जिम्मेवारी सुम्पेकाले त्यो पूरा गर्नुपर्ने बताए।     
     
विकासलाई प्रभावकारी रुपमा जनमुखी र गरीबमुखी बनाउन जरुरी भएको चर्चा गर्दै प्रवक्ता श्रेष्ठले समावेशी आर्थिक विकास, सामाजिक, समाज उन्मुख, नविनतम, वातावरणमैत्री, दिगो एवं नयाँ मूल्यमान्यता सहित सात सुत्रमा आधारित विकास भएमात्र नयाँ नेपाल बन्न सम्भव हुने बताए।

जिल्ला अध्यक्ष झम्क नेपाल सभापति रहेका उक्त कार्यक्रममा सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङ, प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल लगायतको सहभागिता थियो। रासस

प्रकाशित: १३ आश्विन २०७६ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App