१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘विपदबाट जोगिन सबैले चनाखो हुनुपर्ने’

अमरगढी- सुदूरपश्चिम प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले विपदबाट जोगिन सबैले चनाखो रहुनुपर्ने बताएका छन्। मन्त्रालयले आज डडेल्धुरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यशालामा उनले विपद् भइपरी आउने भएकाले यसबाट जोगिन सबैले चनाखो रहे कम क्षति र सुरक्षित हुनसकिने बताए।     
     
उनले अहिले पहाडी जिल्लामा वनजङ्गल फँडानी तथा जलवायु परिर्वतनले पारेको असरले बाढी, पहिरो, खडेरीसँग सामना गर्नुपरेको उल्लेख गरे। उनले पछिल्लो समयमा स्थानीय तहले विकास बजेटका नाममा प्रत्येक स्थानीय तहमा सडक सञ्जाल पुगाउने उद्देश्यले डोजरको प्रयोगले गर्दा उत्पादनयोग्य जमीन मासिँदै गएको र उच्च पहिराको जोखिमसमेत बढेको बताए।     
     
प्रकोपको पूर्ण व्यवस्थापन गर्ने उद्देश्यले अहिले प्रदेश राजधानीमा आपत्कालिन कोष तथा उद्धार संयन्त्रको पूर्ण व्यवस्था मिलाइएको उनले जानकारी गराए। विपदमा परी गत आवमा प्रदेशमा ९८ को मृत्यु, पाँच बेपत्ता, १० हजार ५ सय ६२ परिवार प्रभावित, २ सय ८८ जना घाइते र ४ सय ६८ घरको पूर्ण क्षति भएको मन्त्रलायको तथ्याङ्क रहको छ।     
     
प्रदेशको विपदको अवस्था र रणनीतिक योजनाका विषयमा जिल्लाका, स्थानीय तहको संरचना र सुरक्षा, दीर्घकालीन योजना र अल्पकालीन योजनाका बारेमा स्थानीय तहका प्रमुख र उप–प्रमुखसहित विपद सम्बन्धी काम गर्दे आहिरहेका सङ्घ संस्था तथा सञ्चारकर्मीसँग कार्यक्रममा छलफल गरिएको थियो। रासस

प्रकाशित: १३ आश्विन २०७६ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App