१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वरीयतामा नेपालको पाँच स्थान सुधार

काठमाडौं- एएफसी सोलिडारिटी कप विजेता नेपालले फिफा विश्व वरीयतामा पाँच स्थान सुधार गरेको छ। फुटबलको सर्वोच्व निकाय फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल १ सय ८१औं स्थानमा उक्लिएको छ। कात्तिक ३० मा मलेसियामा सम्पन्न सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउलाई १–० ले हराउँदै उपाधि जितेको थियो। प्रतियोगितामा नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले र समूह चरणमा बु्रनाईलाई ३–० ले हराएको हो। पहिलो खेलमा नेपाली टोली टिमोर लिस्टेसँग गोलरहित बराबरीमा रोकिएको थियो।

वरीयतामादक्षिण एसियाली राष्ट्र भारत १ सय ३७औं स्थानमा यथावत् छ। २ स्थान तल झरेको अफगानिस्तान १ सय ४७ औं स्थानमा हुँदा चार स्थान माथि उक्लिएको माल्दिभ्स १ सय ५४ औं र तीन स्थान सुधार गरेको भुटान १ सय७६औं स्थानमा छन्। पाँच स्थान माथि उक्लिएको बंगलादेश १ सय ८३ औं, एक स्थान तल झरेको श्रीलंका १ सय ९५ औं र पाकिस्तान १ सय ९७ औं स्थानमा यथावत् छन्।

विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा चिरप्रतिद्वन्द्वी ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ। विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले जर्मनीलाई तेस्रो स्थानमा छाडिदिएको छ। दक्षिण अमेरिकी टोली चिलीले दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लियो। चिलीले बेल्जियम र कोलम्बियालाई पछि पारेको छ। सार्वजनिक गरिएको वरीयतामा ठूलो फड्को मार्ने क्रममा गणतन्त्र आयरल्यान्डले १० स्थान सुधार गर्दै २३औं नम्बरमा पुगेको छ। आयरल्यान्डले विश्वकप छनोटमाउत्कृष्ट नतिजा हासिल गरिरहेको छ। विश्व वरीयतामा फ्रान्स सातौं, पोर्चुगल आठौं, उरुग्वे नवौं र स्पेन दसौं स्थानमा छन्।

प्रकाशित: १० मंसिर २०७३ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App