१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘कुछ कुछ होता है’को रिमेक बन्ने ! करणले छाने कलाकार

मुम्बई– बलिउडको सुपरहिट फिल्म ‘कुछ कुछ होता है’को रिमेक बन्ने भएको छ। निर्देशक करण जोहरले यसको संकेत गरेका छन्। उनले यसका लागि कलाकार पनि छानिसकेका छन्।

यसअघि १९९८ मा प्रदर्शनमा आएको फिल्ममा शाहरुख खान (राहुल), रानी मुखर्जी (टिना) र कलोज (अञ्जली)को मुख्य अभिनय रहेको थियो। करणले रिमेकमा नयाँ कलाकार छनोट गरेका हुन्। 

अष्ट्रेलियाको मेलबर्नमा आयोजित इण्डियन फिल्म फेस्टिभलमा सहभागी करणले प्रश्नको उत्तर दिँदै भने, ‘यदि फिल्मको रिमेक बन्यो भने रणवीर सिंहलाई राहुलको भूमिका दिनेछु। अलिया भट्टलाई अञ्जली र जाह्नवी कपूरलाई टिनाको भूमिका दिइनेछ।' 

उनले थपे, 'रणवीर सिंहमा शाहरुख खानजस्तो इन्टेन्सिटी छ। आलियामा स्पंक छ जसले उनलाई अञ्जलीको भूमिका फिट हुन्छ। जाह्नवीमा नटखटपन छ, टिनाको भूमिकामा उनी फिट हुनेछिन्।’

त्रिकोणात्मक प्रेम कथामा आधारित ‘कुछ कुछ होता है’ बलिउडकै सर्वाधिक सफल फिल्म हो। यो २० वर्षसम्म हलमा चलेको फिल्म समेत हो। 

प्रकाशित: १३ आश्विन २०७६ ११:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App