१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यात्रुबाहक बस खोलामा खस्याे, दुई जनाको घटनास्थलमै मृत्यु (फाेटाे फिचर)

रोल्पा– पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ रुईनिबाङमा यात्रुबाहक बस सडकबाट करिब दुई सय मिटर तल लुङग्री खोलामा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

रोल्पा प्रहरीका अनुसार लुङग्री ३ जुतुङखोला घर भएका चालक २५ यामबहादुर घर्ती मगर र लुङग्री २ सिर्पका १८ बर्षिय सुर्यलाल जिएमको मृत्यु भएको हो।

सोमबार दिउँसो रोल्पाको सिर्प जाने तयारीका लागि ग १ ख ५५३७ आर्शिवाद यातायात प्रालिको उक्त गाडी बसपार्कमा लैजानका लागि फर्काउन जाँदै गर्दा दुर्घटनाग्रस्त भएको प्रहरीले बताएको छ। गाडी खोलामा खसेपछि स्थानीय र प्रहरीको सहयोगमा शव बाहिर निकालिएको थियो। 

खोलामा पानीको बहाब उच्च रहेका कारण समाचार तयार पार्दासम्म शवलाई बसको छतमा राखिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App