१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'चितवन र तनहुँ घटना लोकतन्त्रकै उपहास'

काठमाडौं- फरक विचार राख्मेमाथि आक्रमण भएको भन्दै साझा पार्टी निकट युवा संगठनले विरोध जनाएको छ। साझा युवा संगठनका महासचिव सरोज गौतमले एक विज्ञप्त निकाल्दै लोकतान्त्रिक व्यवस्थामा आम नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना अभिव्यक्ति एवम् विचार राख्न पाउँने स्वतन्त्रता भएको बताए।

'लोकतन्त्रका मुल्य मान्यतालाई रक्षा गर्नुपर्ने जिम्मेवारी पाएको सरकार र सरकार सन्चालन गरिरहेको दलकै सार्वजनिक आह्वानमा देशका बिभिन्न ठाउँमा फरक आस्था र बिचार राख्नेहरुमाथी सांघातिक आक्रमण भैरहेको समाचारले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ।

 पछिल्लो समय चितवनमा ज्ञानेन्द्र शाहिमाथी निर्घात कुटपिट र तनहुँमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालमाथी भौतिक आक्रमणको प्रयत्नले लोकतन्त्रको उपहास गरेको विज्ञप्तिमा उल्लेख छ।

सामान्य राजनितिक संस्कारलाई समेत ख्याल नगरि सरकार र सत्ताधारी पार्टीका कार्यकर्ताको नेतृत्वमा घटाइएका यस्ता  घटनाले लोकन्तन्त्रमाथी कालो ग्रहण लगाएको संगठनको बुझाई छ।

प्रकाशित: १३ आश्विन २०७६ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App